Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

विनी इन्टरनेशनल FZE दुबईद्वारा ‘FOR YOU’ प्रिमियम सुगन्ध अनुभव केन्द्रको उद्घाटन

विनी इन्टरनेशनल FZE दुबईद्वारा ‘FOR YOU’ प्रिमियम सुगन्ध अनुभव केन्द्रको उद्घाटन
विज्ञापन
Advertisement

काठमाडौं । दुबईस्थित प्रतिष्ठित लक्जरी परफ्युम कम्पनी विनी इन्टरनेशनल FZE ले नेपालमा आफ्नो उपस्थितिलाई थप सुदृढ गर्दै ‘FOR YOU’ नामक प्रिमियम सुगन्ध अनुभव केन्द्र को भव्य उद्घाटन गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

उक्त अनुभव केन्द्र लविम मलको भुईँ तल्लामा सञ्चालनमा आएको हो। सर्च सोलुसन्स प्रा.लि.द्वारा आयोजित उद्घाटन समारोहमा कम्पनीका मेल्स डाइरेक्टर आहमान बुन्दकर, कन्ट्री म्यानेजर रणधीर सिंह, नेशनल सेल्स म्यानेजरहरू शोभा लामा र विनय कुमार झाको उपस्थिति रहेको थियो। साथै, राष्ट्रिय आयातकर्ताहरू अनुप अग्रवाल (एक्सेस नेपाल ट्रेड लिंक), श्री राजीव शाह (दयाल ट्रेडिङ प्रा.लि.) तथा सर्च सोलुसन्स प्रा.लि.का सीईओ मिहिर चौधरीको समेत कार्यक्रममा सहभागिता थियो।

उद्घाटन अवसरमा बोल्दै कन्ट्री म्यानेजर रणधीर सिंहले भने, ‘FOR YOU’ केवल एउटा आउटलेट मात्र होइन, यो एक विशेष अनुभव केन्द्र हो। यहाँ आगन्तुकहरूले विनी इन्टरनेशनलका उत्कृष्ट सुगन्धहरूको संग्रह प्रत्यक्ष अनुभव गर्न सक्नेछन्। प्रत्येक परफ्युम व्यक्तित्वअनुसार मेल खाने गरी तयार गरिएको छ, जसले दुबईको परिष्कृत परफ्युम कलालाई नेपालको बजारसम्म ल्याएको छ।”

त्यसैगरी मेल्स डाइरेक्टर आहमान बुन्दकरले प्रिमियम सुगन्धप्रेमीहरूका लागि व्यक्तिगत पहिचान झल्काउने उत्पादन उपलब्ध गराउने कम्पनीको प्रतिबद्धता दोहोर्याउँदै कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरूलाई धन्यवाद व्यक्त गरे।

कम्पनीका अनुसार ‘FOR YOU’ अनुभव केन्द्रमार्फत ग्राहकहरूले लक्जरी, गुणस्तर र व्यक्तिगत छनोटको संयोजनमा आधारित अन्तर्राष्ट्रिय स्तरको सुगन्ध अनुभव प्राप्त गर्नेछन्। यस उद्घाटनसँगै नेपालका प्रिमियम परफ्युम बजारमा नयाँ आयाम थपिएको विश्वास कम्पनीले व्यक्त गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit