images
images
images

भोजपुरमा वर्षाले धानबालीमा क्षति

images
images
images

भोजपुर । जिल्लामा लगातार भइरहेको वर्षा र हावाहुरीका कारण धानबालीमा क्षति पुगेको छ । बाला लाग्ने बेलाको धान लडेपछि किसान चिन्तामा परेका छन् ।

जिल्लाको अधिकांश भेगमा असोजसम्म धान बाली परिपक्व अवस्थामा पुगेको भउ पनि यसपटक वर्षा र हावाहुरीका कारण धानबाली क्षति पुगेको किसानको भनाइ छ ।जिल्लाको बोखिम, पोखरे, दावालगायत धेरै ठाउँमा धानबालीमा क्षति पुगेको छ ।

images

जिल्लाका सबै स्थानीय तहमा धानको खेती हुने गरेको छ । वर्षासँगै आएको हावाले धानबालीमा क्षति पु¥याएको भोजपुर नगरपालिका–५ बोखिमका स्थानीय किसान रूपनारायण फुयाँलले बताए । बोखिम क्षेत्रका धेरै किसानको धानबालीमा बर्सातले क्षति पु¥याएको उनको भनाइ छ । “भारी बर्सातका कारण धानबालीमा क्षति पुगेको छ”, उनले भने, “पसाउँदै गरेको धान खेतमा ढलेर सखाप भएको अवस्था छ, अझै यस्तै अवस्था रहेमा धानबालीमा ठूलो क्षति हुने अवस्था छ ।”

images
images

प्रतिक्रिया दिनुहोस्