Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

जनकपुरमा ‘दोस्रो जनकपुर अन्तरराष्ट्रिय चलचित्र महोत्सव’ सुरू

जनकपुरमा ‘दोस्रो जनकपुर अन्तरराष्ट्रिय चलचित्र महोत्सव’ सुरू
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली चलचित्र क्षेत्रको अन्तरराष्ट्रियकरण, बजार प्रवर्द्धन, सम्भावना र अवसरको खोजी गर्ने उद्देश्यका साथ आजदेखि ‘दोस्रो जनकपुर अन्तरराष्ट्रिय चलचित्र महोत्सव’ सुरू भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

संवाद फाउण्डेशनको आयोजनामा यही फागुन ११ गतेसम्म जनकपुरस्थित मैथिली भवनमा सञ्चालन हुने उक्त महोत्सवमा मैथिली, नेपालीसहित विदेशी भाषाका ६० चलचित्र प्रदर्शन, समूहगत छलफललगायत गतिविधि हुने महोत्सवका अध्यक्ष कुमार भास्करले जानकारी दिए । उनले भने,‘ जनकपुरले मिथिलाञ्चललाई प्रतिनिधित्व गर्छ, महोत्सवले यसलाई उजागर गर्नेछ । हामी हाम्रो सभ्यता र संस्कृति विश्वलाई देखाउन र बुझाउन चाहन्छौँ । यो महोत्सवले मैथिली भाषालाई नेपाली चलचित्रसँग जोड्ने छ ।’

उनले नेपाली चलचित्रको अन्तरराष्ट्रियकरण, युवा चलचित्रकर्मीलाई उत्प्रेरित गर्ने र सांस्कृतिक विविधताको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको जानकारी दिए ।

महोत्सवको पहिलो दिन उद्घाटन समारोहमा राजर्षिजनक विश्वविद्यालयका उपकुलपति अमरप्रसाद यादवले महोत्सवले चलचित्रमा आफ्नो भविष्य देख्नेलाई गन्तव्य दिने बताए । ‘हामीले आफ्नो पाठ्यक्रममा चलचित्रलाई राखेर यससम्बन्धी रुची राख्नेलाई शिक्षा दिन छलफल गरिरहेका छौँ । यस किसिमका महोत्सवले हामीलाई नेपालमा बनेका चलचित्रसँगै विश्वभर बनिरहेका चलचित्रको बारेमा जानकारी दिन्छ । साथै, स्वदेशीसँगै विदेशी चलचित्रकर्मी ल्याएर यहाँ जनकपुरमा कार्यक्रम गर्नु पर्यटकीय हिसाबले हामीलाई फाइदा पुगेको छ’, उनले भने ।

चलचित्र समीक्षक समाजका अध्यक्ष समीप्याराज तिमल्सेनाले उपत्यकाबाहिर हुने महोत्सवले बजार प्रवर्द्धनमा सघाउने बताए । ‘तराईमा चलचित्रको राम्रो दर्शक छन्, यहाँ चलचित्र भवनकको सङख्या पनि राम्रो छ, तर हामीले स्वदेशी चलचित्रमा ती दर्शक पाउन सकेका छैनौँ । यस्ता महोत्सवले यहाँ मैथिली चलचित्रसँगै अन्य स्वदेशी भाषाका चलचित्रप्रति स्थनीयलाई आकर्षित गर्छ, त्यसैले यस्ता महोत्सवको महत्व छुट्टै हुन्छ । मैथिली भाषाका चलचित्रमा काम गरिरहेकालाई यस्ता महोत्सवले ज्ञान र प्रेरणा दिन्छ’ उनले भने ।

महोत्सवको सुरुआत नानीसरा वाकरद्वारा निर्देशित चलचित्र ‘शक्ति’ प्रदर्शन गरिएको थियो । महोत्सवमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय गरी ६० चलचित्र प्रदर्शनी, विभिन्न समूहगत छलफल, चलचित्रसम्बन्धी प्रशिक्षण कार्यशालालगायत गतिविधि सञ्चालन हुने आयोजकले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit