images images images
images images images
images
images
images

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो, छ महिनामै राज्यको ढुकुटीमा ३७ अर्ब ८५ करोड राजस्व

images

वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ९० अर्ब छ करोड मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ।

वीरगञ्ज नाका हुँदै गत आवको छ महिनाको तुलनामा चालु आवमा सोही अवधिमा दुई अर्ब ७५ करोड रुपैयाँ बढी मूल्यको पेट्रोलियम पदार्थ आयात भएको हो। चालु आवको छ महिनामा पेट्रोलियम पदार्थको आयातबाट भने ३७ अर्ब ८५ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

images
images

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार गत आवको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा पेट्रोलिम पदार्थको आयात र सोबाट प्राप्त हुने राजस्वमा पनि उल्लेखनीय वृद्धि भएको छ । गत आवको छ महिनामा भने ८७ अर्ब ३१ करोड मूल्यको पेट्रोलियम पदार्थ आयात हुँदा ३६ अर्ब १४ करोड राजस्व सङ्कलन भएको थियो ।

भन्सार कार्यालयका अनुसार चालु आवको छ महिनामा ४५ अर्ब ३८ करोड मूल्य पर्ने डिजेल आयात हुँदा १९ अर्ब ८५ करोड राजस्व सङ्कलन भएको छ। त्यसैगरी सोही अवधिमा २० अर्ब ९८ करोड मूल्यको पेट्रोल आयात हुँदा १३ अर्ब ८२ करोड राजस्व सङ्कलन भएको छ । त्यस्तै १४ अर्ब ७९ करोडको एलपीजी ग्यास आयात हुँदा दुई अर्ब ७७ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
निर्वाचन नजिकिँदै गर्दा पेट्रोलियम पदार्थको खपथ धेरै हुने तथा आयात थप बढ्ने कार्यालयका सूचना अधिकारी विष्टको अनुमान छ ।

images
images

प्रतिक्रिया दिनुहोस्