Advertisement
Advertisement
Corporate Samachar
२७ असार २०८३, शनिबार
Advertisement

क्यानडाका पर्यटन व्यवसायीलाई पर्यटन बोर्ड र निजी क्षेत्रसँग सहकार्य बढाउन राजदूत पौडेलको आग्रह

क्यानडाका पर्यटन व्यवसायीलाई पर्यटन बोर्ड र निजी क्षेत्रसँग सहकार्य बढाउन राजदूत पौडेलको आग्रह
विज्ञापन
Advertisement

काठमाडौं। क्यानडाको टोरन्टोमा ‘नेपाल इभिनिङ’ आयोजना भएको छ । क्यानडाको आउटबाउन्ड बजारमा नेपाललाई शीर्ष साहसिक तथा सांस्कृतिक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित नेपाल पर्यटन बोर्डले ओटावास्थित नेपाली दूतावाससँगको सहकार्यमा ‘नेपाल इभिनिङ’आयोजना गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

यही फेब्रुअरी २० देखि २२ सम्म सञ्‍चालनमा रहेको विश्वप्रसिद्ध आटडोर एड्‌भेन्चर शोको पूर्वसन्ध्यामा सम्पन्न ‘नेपाल इभिनिङ’मार्फत क्यानडाको ट्राभल व्यवसायीसँग प्रत्यक्ष सञ्जाल विस्तार, व्यापारिक सहकार्य र बजार प्रवर्द्धनलाई प्राथमिकता दिइएको बोर्डले जनाएको छ ।

कार्यक्रममा क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले नेपाल केवल पर्यटकीय गन्तव्य मात्र नभई ‘रूपान्तरणकारी अनुभव’ भएको उल्लेख गरे । उनले हाम्रा हिमाल, साहसिक गतिविधि, संस्कृति र आध्यात्मिकताको अद्वितीय संयोजनले क्यानडाका पर्यटकलाई आकर्षित गर्ने बताए। उनले सगरमाथासहित ८ हजार मिटरभन्दा अग्ला विश्वका १४ मध्ये ८ हिमाल नेपालमा रहेको स्मरण गराउँदै ट्रेकिङ, पर्वतारोहण, र्‍याफ्टिङ, प्याराग्लाइडिङ, माउन्टेन बाइकिङ र जंगल सफारीजस्ता गतिविधिले नेपाललाई विश्वस्तरीय साहसिक गन्तव्य बनाएको धारणा राखे ।

राजदूत पौड्यालले नेपालमा पछिल्ला वर्षमा पूर्वाधार, सेवा गुणस्तर र हवाई पहुँचमा सुधार भएको उल्लेख गर्दै क्यानडाका नागरिकका लागि आगमनमा भिसा तथा विद्युतीय यात्रा अनुमति जस्ता सहज व्यवस्थाले भ्रमण प्रक्रिया सरल भएको जानकारी दिए। उनले क्यानडाका पर्यटन व्यवसायीलाई नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड र निजी क्षेत्रसँग सहकार्य बढाउन आह्वानसमेत गरेका छन् ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले नेपालको पर्यटकीय विविधता, सुधारिएको पूर्वाधार तथा निजी क्षेत्रको सशक्त संलग्नताबारे प्रस्तुति दिएका थिए । बोर्डका वरिष्ठ अधिकृत कुन्दन शर्माले ‘नेपाल इभिनिङ’ को उद्देश्य नेपाली र क्यानडाली पर्यटन व्यवसायीबीच व्यवसाय–देखि–व्यवसाय (बीटुबी) सम्बन्ध विस्तार गर्दै दीगो साझेदारी निर्माण गर्नु रहेको स्पष्ट गरे ।

बोर्डका अनुसार क्यानडा उत्तर अमेरिकी क्षेत्रबाट नेपाल आउने स्थिर स्रोत बजारका रूपमा रहेको छ। वार्षिक रूपमा करिब १५–१६ हजार क्यानडाका पर्यटक नेपाल आउने गरेका छन् । साहसिक पर्यटनप्रति उच्च आकर्षण र बहु–आयामिक जनसांख्यिक संरचनाका कारण क्यानडा सम्भावित शीर्ष दस स्रोत बजारमध्ये एक बन्न सक्ने आकलन गरिएको छ ।

कार्यक्रममा टोरन्टोस्थित ट्राभल एजेन्सी तथा टुर अपरेटर, नेपाल पर्यटन बोर्डका अधिकारी, नेपाली निजी क्षेत्रका पर्यटन व्यवसायी र दूतावासका प्रतिनिधिहरू सहभागी थिए । कार्यक्रम नेटवर्किङ सत्रसहित सम्पन्न भएको थियो ।

यसै क्रममा फेब्रुअरी २०–२२ सम्म इन्टरनेश्‍नलर सेन्टरमा सञ्चालन भइरहेको आटडोर एड्‌भेन्चर शोमा नेपाल पर्यटन बोर्ड र नेपाली निजी क्षेत्रले संयुक्त रूपमा सहभागिता जनाइरहेका छन् । राजदूत पौड्यालले नेपाली प्याभिलियनको अवलोकन गर्दै क्यानडाली ट्राभल व्यवसायीसँग अन्तरक्रिया गरेका थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit