काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र सिग्मा डायग्नोस्टिक्स ल्यावरेटरीबीच स्वास्थ्य सेवा छुटबारे समझदारी कायम भएको छ ।
सम्झौता अनुसार बैंकमा खाता रहेका ग्राहक, बैंकका कर्मचारी र उनीहरुको परिवारका सदस्यहरुलाई भक्तपुर राधेराधेस्थित सिग्मा डायग्नोस्टिक्स ल्यावरेटरीमा प्याथोलोजि ल्यावको विविध सेवा शुल्कहरूमा २० प्रतिशत देखि ५० प्रतिशतसम्म छुट हुने छ ।
तर, यस्तो छुट डिजिटल कारोबार गर्दा मात्र पाइन व्यवस्था गरिएको छ ।
सो सम्झौतामा बैंकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र सिग्मा डायग्नोस्टिक्स ल्यावरेटरी प्रा. लि.को तर्फबाट ल्याव निर्देशक वेद प्रकाश मिश्रले शुक्रबार हस्ताक्षर गरेका छन् ।
यसबाट बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरू डायग्नोस्टिक सेन्टरको ल्याबबाट प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्यसेवाबाट लाभान्वित हुने बैंकको विस्वास छ ।

















प्रतिक्रिया दिनुहोस्