Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

धादिङ बस दुर्घटना : २२ घाइतेको काठमाडौंमा उपचार हुँदै, मृतकको संख्या १९ पुग्यो

धादिङ बस दुर्घटना : २२ घाइतेको काठमाडौंमा उपचार हुँदै, मृतकको संख्या १९ पुग्यो
विज्ञापन
Advertisement

काठमाडौं । पोखराबाट काठमाडौं आउँदै गर्दा धादिङमा भएको बस दुर्घटना घाइते यात्रुमध्ये २२ जना लाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

विज्ञापन
Advertisement
Advertisement

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार घाइतेमध्ये १२ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा र १० जनाको नेशनल अस्पताल कलंकीमा उपचार भइरहेको छ। उपचारका लागि काठमाडौं ल्याइएका २३ जनामध्ये अर्का एक जना घाइतेको भने मृत्यु भएको भट्टराईले जानकारी दिए । मृतकको पहिचान खुलेको छैन ।

हाल नेशनल अस्पताल कलंकीमा ९ जना पुरुष, १ जना महिला उपचाररत छन् । यस्तै, ट्रमा सेन्टरमा ७ पुरुष र ५ महिलाको उचार भइरहेको छ ।

नेशनल सिटी अस्पतालमा उपचार हुनेमा सितापाईला बस्ने ३३ वर्षीय राजेश कुँवर, तनहुँ भक्ते बस्ने १८ वर्षका सुविन मल्ल, कास्की लेखनाथका ३५ वर्षीया प्रतिभा पौडेल, कास्कीको देविनगरका २३ वर्षीय चन्द्रआशिष फुँयाल रहेका छन् । साथै, काठमाडौं लोलाङ बस्ने १९ वर्षका संगम मल्ल, कास्की चिसुवा घर भएका वर्ष ३९ वर्षीय प्रमिला भट्टराई, स्याङ्जा फेदिखोला ४ घर भएका ६४ वर्षका डम्मरबहादुर विक, काठमाडौं कलंकी घर भएका २५ वर्षीय कृष्ण तिवारी, कास्की घर भएका २० वर्षीय सुनम गुरुङ र धादिङ धुनिबेशीका ३६ वर्षीय राजेन्द्र बिसुन्के रहेका छन्।

यस्तै ट्रमा सेन्टरमा उपचार भइरहेकाहरूमा चिनियाँ नागरिक २२ वर्षीया कि मिसि हाउ, काठमाडौं बौद्धका ४८ वर्षीय की एन्जी शेर्पा, तनहुँका ४५ वर्षीय सोमप्रसाद मल्ल, झापाका वर्ष ३० वर्षीय विपिन मानन्धर, काठमाडौं गोकर्णका २८ वर्षकी पुजा फुयाल, स्याङ्जा फेदिखोलाकाको २६ वर्षीय सचिन्द्र सुनार र कास्की लेखनाथका प्रदीप लामिछाने रहेका छन् ।

यस्तै ट्रमा सेन्टरमै काठमाडौंको बौद्ध बस्ने नोर्बु पाल्देन, कपनका स्वर्णीमा खत्री, कास्कीका १९ वर्षीया सलिना परियार, तनहुँका ४४ वर्षीय मानबहादुर थापा र काठमाडौं बौद्धकै ४८ वर्षीया लङ्साङ्गोली लामाको उपचार भइरहेको काठमाडौं प्रहरीले जानकारी दिएको छ ।

पोखरादेखि ३४ जना यात्रु लिएर काठमाडौंका लागि छुटेको ग २ ख १४२१ नम्बरको यात्रुवाहक बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैँसीगौडामा आज विहान दुर्घटना भएको थियो ।उक्त दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो भने २६ जना घाइते भएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit