Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

तीन महिनाका लागि ४० अर्ब रुपैयाँ निक्षेप खिच्दै राष्ट्र बैंक

तीन महिनाका लागि ४० अर्ब रुपैयाँ निक्षेप खिच्दै राष्ट्र बैंक
विज्ञापन
Advertisement

काठमाडौं। बैंकहरूमा तरलता बढेपछि नेपाल राष्ट्र बैंकले बजारबाट आज ४० अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ । केन्द्रीय बैंकले करिब तीन महिना (८८ दिन) का लागि ४० अर्ब रुपैयाँ निक्षेप संकलन उपकरणमार्फत खिच्न लागेको हो ।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्र बैंकमा पैसा राख्न चाहने इच्छुक बैंक तथा वित्तीय संस्थाले दिउँसो ३ बजे अनलाइन बिडिङमार्फत हुने निक्षेप संकलनको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम १० करोड र अधिकतम पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी निष्कासित रकमबराबर बोलकबोल गर्न सक्नेछन् ।

केन्द्रीय बैंकका अनुसार बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र भाग लिन पाउनेछन्। यसको ब्याजदर बोलकबोल बाटै निर्धारण हुनेछ। साँवा र ब्याज भुक्तानी भने आगामी जेठ १० गते हुने बताइएको छ । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै तरलता प्रशोचन गर्दै आएको छन।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit