Advertisement
Advertisement
Corporate Samachar
२० जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एचपी ल्युब्रिकेन्ट्स र क्यानबीच सहकार्य

एचपी ल्युब्रिकेन्ट्स र क्यानबीच सहकार्य
विज्ञापन
Advertisement

काठमाडौं । नेपालको लागि एचपी ल्युब्रिकेन्ट्सको अधिकृत वितरक एमएडब्ल्यु पेट्रो प्रोडक्ट्स प्रा.लि र नेपाल क्रिकेट संघ क्यानबीच विशेष सम्झौता भएको छ । एमएडब्ल्यु पेट्रोले नेपाल प्रिमियर लिगको आगामी सिजनका लागि आधिकारिक ल्युब्रिकेन्ट पार्टनर बन्ने गरी विशेष साझेदारीको घोषणा गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

टीयू क्रिकेट मैदानमा सोमबार भएको उक्त सम्झौतामा एमएडब्ल्यु पेट्रोका तर्फबाट कार्यकारी निर्देशक अंकुर खनाल र एम.ए.डब्ल्यु इन्टरप्राइजेजका महाप्रबन्धक प्रियदर्शी राय तथा क्यानको तर्फबाट सचिव पारस खड्काले हस्ताक्षर गरे । यस साझेदारीले क्रिकेट र इञ्जिन ल्युब्रिकेसनलाई एकसाथ ल्याएको कम्पनीले जनाएको छ। निरन्तरता, धैर्य, शक्ति र सन्तुलनबीचको खेल क्रिकेट र एचपी ल्युब्रिकेन्ट्सको ब्रान्ड दर्शन एक अर्कामा मेल खाने कम्पनीले जनाएको छ ।

एम.ए.डब्ल्यु पेट्रो प्रोडक्ट्सले नेपालको बढ्दो क्रिकेट विकास यात्रालाई समर्थन गर्न पाएकोमा खुशी व्यक्त गरेको छ। उक्त साझेदारीमार्फत नेपालमा उच्च–गुणस्तरीय ल्युब्रिकेसन समाधानका लागि विश्वसनीय साझेदारका रूपमा, एचपी ल्युब्रिकेन्ट्सले खेलाडी तथा उपभोक्ता दुवैमा जोस, प्रदर्शन र प्रेरणा जगाउने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

‘यो साझेदारी अनुशासन, उत्कृष्टता र निरन्तर उच्च प्रदर्शन गर्ने हाम्रो साझा मूल्यहरूको प्रतिविम्ब हो,’ एम.ए.डब्ल्युका प्रतिनिधिले भने, ‘जसरी एचपी ल्युब्रिकेन्ट्स इञ्जिनलाई उच्च क्षमतामा चलाउन मद्दत गर्छ, त्यसैगरी हामी मैदानमा आफ्नो सम्पूर्ण शक्ति दिँदै खेलने खेलाडीहरूलाई समर्थन गर्न गर्व गर्छौं।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit