Advertisement
Advertisement
Corporate Samachar
१७ असार २०८३, बुधबार
Advertisement

रुपन्देही– २ : एमालेकै जगमा राजनीति सिकेर एमालेकै ‘हेभीवेट’ नेतालाई पाखा लगाउने को हुन् सुलभ खरेल ?

रुपन्देही– २ : एमालेकै जगमा राजनीति सिकेर एमालेकै ‘हेभीवेट’ नेतालाई पाखा लगाउने को हुन् सुलभ खरेल ?
विज्ञापन
Advertisement

काठमाडौं । रुपन्देही– २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुलभ खरेल विजयी भएका छन् । खरेलले ५६ हजार ५५० मत प्राप्त गर्दै फराकिलो मतान्तरको जित निकालेका हुन् । निर्वाचन आयोगले अन्तिम मत परिणाम सार्वजनिक गरी उनलाई विजयी घोषणा गर्ने तयारी गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

उनका प्रतिस्पर्धी नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले १२ हजार ८६१ मत प्राप्त गरेका छन् । खरेलले विष्णु पौडेललाई ४३ हजार ६८९ मतअन्तरले पराजित गरेका हुन् । त्यस्तै नेपाली कांग्रेसका चुन्न प्रसाद पौडेलले ९ हजार ३९२ मत प्राप्त गरेका छन्।

वि.सं. २०६४ देखि लगातार यस क्षेत्रबाट चुनाव जित्दै आएका पौडेल यसपटक तेस्रो स्थानमा रहेका कांग्रेस उम्मेदवारसँगको प्रतिस्पर्धामा समेत निकै दबाबमा देखिए । एउटा विद्यार्थी नेतादेखि अमेरिकाबाट कानुनमा स्नातकोत्तर गरेर फर्किएको युवाले स्थापित नेतालाई पराजित गर्नुले राजनीतिक रूपमा ठूलो अर्थ राख्छ।

कानुनका विद्यार्थीदेखि ‘जायन्ट किलर’ सम्म : को हुन् सुलभ खरेल ?

रुपन्देही–२ मा भारी मतान्तरले विजयी भएका सुलभ खरेलको राजनीतिक यात्रा निकै नै छोटो तर प्रभावशाली देखिएको छ। २८ वर्षीय यी युवाको विजयलाई नेपाली राजनीतिमा ‘पुस्तान्तरण’ को बलियो संकेतका रूपमा हेरिएको छ।

खरेलको शैक्षिक पृष्ठभूमि र कानुनी दख्खल 

प्रारम्भिक शिक्षा : उनले रुपन्देहीबाटै एसएलसी उत्तीर्ण गरेका थिए।
उच्च शिक्षा : नेपाल ल क्याम्पसबाट BA-LLB पूरा गरेपछि उनले अमेरिकाको प्रतिष्ठित मिसिगन विश्वविद्यालयबाट संवैधानिक तथा फौजदारी कानुनमा स्नातकोत्तर (LLM)गरेका छन्।
अनुभव : नेपाल फर्किनुअघि उनले चार वर्ष वकालत अभ्यास गरेका थिए।

राजनीतिक सुरुवात र एमाले कनेक्सन

रोचक कुरा के छ भने, उनले पराजित गरेका विष्णु पौडेलकै पार्टी एमालेको भ्रातृ संगठन अनेरास्ववियुबाट खरेलले विद्यार्थी राजनीतिको कखरा सिकेका थिए। नेपाल ल क्याम्पसमा पढ्दा उनी दुई वर्ष एमाले निकट राजनीतिमा संलग्न थिए।

खरेललाई चर्चामा ल्याएको त्यो ‘रिट’
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्दा खरेलले त्यस विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। त्यतिबेला उनी सबैभन्दा कान्छो रिट निवेदकका रूपमा चर्चामा आएका पात्र समेत हुन् ।

रास्वपामा प्रवेश र कानुनी सक्रियता
२०८१ जेठमा अमेरिकाबाट फर्केपछि उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध भए। विशेषगरी निर्वाचन आयोगले रास्वपा सांसदहरूलाई जरिवाना गर्ने निर्णय विरुद्ध उनले कानुनी लडाइँ लडे।

पार्टी सभापति रवि लामिछानेमाथि लागेका विभिन्न कानुनी मुद्दाहरूमा पनि उनी मुख्य परामर्शदाताका रूपमा सक्रिय रहेका थिए।

खरेल एमालेकै जगमा राजनीति सिकेर, एमाले अध्यक्षको निर्णय विरुद्ध अदालत उभिएका पात्र त थिए नै अन्तत :उनले एमालेकै ‘हेभीवेट’ नेता पौडेललाई चुनावी मैदानमा पाखा लगाउँदै ऐतिहासिक जित निकाल्न सफल भएका छन् ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit