Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

एपोलो हाईड्रोपावरको १४ लाख कित्ता आईपीओ आजदेखि निष्कासनमा, कसले दिन पाउँछन आवेदन?

एपोलो हाईड्रोपावरको १४ लाख कित्ता आईपीओ आजदेखि निष्कासनमा, कसले दिन पाउँछन आवेदन?
विज्ञापन
Advertisement

काठमाडौं। एपोलो हाईड्रोपावर लिमिटेडले आजदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ खुला गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता साधारण शेयर (प्रति कित्ता १०० रुपैयाँ) जारी गर्न स्वीकृति पाएको हो । कम्पनीको जारी पूँजीको १० प्रतिशत अर्थात ४ लाख ७० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको छ भने २० प्रतिशत अर्थात ९ लाख ४० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिएको छ ।

प्रभावित क्षेत्रअन्तर्गत ओखलढुङ्गा, सोलुखुम्बु र रामेछाप जिल्लाका विभिन्न वडाका बासिन्दाले आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित बासिन्दाले न्यूनतम १० देखि अधिकतम ४७ हजार कित्तासम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० देखि अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ ।

प्रभावित क्षेत्रका लागि आवेदन छिटोमा फागुन २५ गते (ढिलोमा चैत १०) र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि फागुन १४ गते (ढिलोमा फागुन २५) सम्म खुला रहने कम्पनीले जानकारी दिएको छ।

आईपीओको बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ। पहिलो चरणपछि कम्पनीले सर्वसाधारणका लागि पनि आईपीओ निष्कासन गर्ने जनाएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit