काठमाडौं। टेक्नोले नेपालमा आफ्नो नयाँ स्मार्टफोन स्पार्क गो–३ सावर्जनिक गरेको छ । यो फोन विशेष गरी दैनिक रूपमा सक्रिय रहने युवा, विद्यार्थी र कामकाजी पुस्ताका लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ ।
मोबाईल सावर्जनिक कार्यक्रममा बोल्दै टेक्नो मोबाईलका सिइओ अर्जित तालापत्रले नेपालका युवा उपभोक्तालाई लक्षित गरी नेपाली बजारमा उपलब्ध गराइएको बताए। उनले भने, ‘ स्पार्क गो–३ मार्फत हामी बलियोपन, बुद्धिमत्ता र भरोसायोग्य कनेक्टिभिटी भएको फोन ल्याएका छौँ। जसको डिजाइन पनि जीवनशैलीसँग मेल खान्छ,‘ अर्जितले भने । ‘अत्ति नै बलियो’ हाम्रो दर्शनअनुसार पहिलो दिनदेखि नै स्थायित्व र आत्मविश्वास दिन तयार गरिएको छ ।’
स्पार्क गो ३ मा आइपी ६४ धुलो र पानीका छिटाबाट सुरक्षा तथा ड्रप–रेडी टिकाउ डिजाइन समावेश गरिएको छ, जसले प्रयोगकर्तालाई विद्यालय, कार्यस्थल, डेलिभरी मार्ग वा व्यस्त शहरका सडकहरूमा प्रयोग गर्दा भरोसा दिन्छ ।
यो फोनमा १२० एचजेड सुपर स्मुथ डिस्प्ले रहेको छ। जसले स्क्रोलिङलाई सहज, टचलाई छरितो र दृश्य अनुभवलाई प्रिमियम बनाउँछ। साथै, टेक्नो एआई भ्वाइस असिस्टेन्ट र नो नेटवर्क कम्युनिकेशन २।० सुविधाले नेटवर्क कमजोर वा नभएको स्थानमा पनि सञ्चार सम्भव बनाउँछ ।
मार्च १३ देखि स्पार्क गो ३ नेपालभरका प्रमुख रिटेल स्टोरहरूमा उपलब्ध छन् । यसको मूल्य ४ जीबी प्लस ६४ जीबी भेरियन्टका लागि १५,९९९ रुपैयाँ र ४ जीबी प्लस १२८ जीब भेरियन्टका लागि १६,९९९ रुपैयाँ तोकिएको छ। यो फोन गाढा खरानी, गाढा कालो, आकाशी निलो र बैजनी गरी चार रंगमा उपलब्ध छ ।















प्रतिक्रिया दिनुहोस्