images images images
images images images
images
images
images

क्यान्सर परीक्षण गर्न काठमाडौं महानगर र वीर अस्पतालबीच सहकार्य

images

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण गराउन र प्रारम्भिक उपचारका लागि काठमाडौं महानगरपालिका र वीर अस्पतालबीच सम्झौता भएको छ ।

काठमाडौं महानगरपालिकाका स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी र अस्पतालका निर्देशक प्रा डा दिलीप शर्माका बीच सोमबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सो अवसरमा महानगरका कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको समेत उपस्थिति थियो ।

images
images

कार्यवाहक प्रमुख डङ्गोलले क्यान्सरबाट धेरै महिलाले अकालमा ज्यान जाने गरेको उल्लेख गर्दै क्यान्सरबाट बच्ने उपायमध्ये नियमित परीक्षण गराउन एउटा विधि रहेको बताइन् । अस्पतालका निर्देशक प्रा डा शर्माले महिलाको स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरबाट बच्नका लागि समयमा नै स्क्रिनिङ गर्नुपर्ने बताए । ‘मलाई लक्षण देखिएकै छैन । किन परीक्षण गराउनु भन्ने मानसिकताले अवस्था बिग्रिने गरेको छ। बिग्रिएको यो अवस्था सुधार गर्न लक्षण नभए पनि परीक्षण गराउनु पर्छ,’ उनले भने ।

स्वास्थ्य विभागका प्रमुख केसीका अनुसार महानगरभित्रका ३० वर्षदेखि ६० वर्ष उमेर समूहका महिला र गएको वर्ष गरिएको परीक्षणका क्रममा छुट हुनुभएका महिला र गएको वर्ष परीक्षण गर्दा पोजेटिभ देखिएका महिलाहरू परीक्षण र प्रारम्भिक उपचार गरिने छ । उनले क्यान्सर परीक्षण चैत १६ गतेदेखि हुने र हरेक दिन १०० देखि १२० जनासम्मको परीक्षण गर्ने जानकारी दिए । नेपालमा सबभन्दा बढी महिलामा लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर हो ।

images
images

प्रतिक्रिया दिनुहोस्