Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

मनसुनको तयारी: ८ हजार बढी सशस्त्र प्रहरी २४ घण्टा उद्धारका लागी तयारी अवस्थामा  

मनसुनको तयारी: ८ हजार बढी सशस्त्र प्रहरी २४ घण्टा उद्धारका लागी तयारी अवस्थामा  
विज्ञापन
Advertisement

काठमाडौं । मनसुनजन्य विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी बलले देशका ५४ स्थानमा अस्थायी मनसुन प्रतिकार्य वेश स्थापना गरेको छ। सशस्त्र प्रहरीका कार्यालयबाट उद्धार टोली परिचालन हुन समय लाग्ने जोखिमयुक्त क्षेत्रको पहिचान गरी ती वेश सञ्चालनमा ल्याइएको हो।

विज्ञापन
Advertisement
Advertisement

सशस्त्र प्रहरीका अनुसार कोशीमा ६, मधेसमा ११, बागमतीमा १६, गण्डकीमा ४, लुम्बिनीमा ७, कर्णालीमा २ र सुदूरपश्चिममा ८ वटा अस्थायी वेश स्थापना गरिएका छन्। साथै धनकुटा, सुनसरी, बारा, सप्तरी, धादिङ, सिन्धुली, मकवानपुर, काभ्रेपलाञ्चोक, म्याग्दी, गोरखा, दाङ, सुर्खेत, जुम्ला, डडेल्धुरा, डोटी र कैलालीमा १६ वटा स्थायी विपद् व्यवस्थापन वेश सञ्चालनमा छन्।

सशस्त्र प्रहरीका प्रवक्ता एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक नेत्रबहादुर कार्कीले उपलब्ध स्रोत–साधनको अधिकतम प्रयोग गर्दै विपद् प्रतिकार्यका लागि योजना बनाइएको बताए। उनका अनुसार यस वर्षको मनसुनलाई लक्षित गरी ८ हजार १८० सशस्त्र प्रहरी कर्मचारीलाई २४सै घण्टा तयारी अवस्थामा राखिएको छ। असार मसान्तसम्म सम्पूर्ण सशस्त्र प्रहरीलाई विपद् व्यवस्थापनसम्बन्धी अनुशिक्षण तालिम पनि प्रदान गरिने उनले जानकारी दिए।

बाढी तथा डुबानबाट प्रभावितको उद्धारका लागि ८२ वटा र्‍याफ्ट बोट, ५३ वटा मोटर बोट, विपद् उद्धारमा दक्ष ४ हजार ७१० सशस्त्र प्रहरी र १३४ जना तालिमप्राप्त गोताखोरलाई देशभरका ११ जोखिमयुक्त स्थानमा आवश्यक उपकरणसहित तयारी अवस्थामा राखिएको छ।

सशस्त्र प्रहरीले विपद्सम्बन्धी सूचना छिटो प्राप्त गर्न एक लाख ६८ हजार ९५६ जना विपद् सूचक रहेको सञ्जाल पनि तयार गरेको छ। विपद् भएको जानकारी सूचकमार्फत नजिकको सशस्त्र प्रहरी युनिटमा तत्काल पुग्ने व्यवस्था मिलाइएको छ। साथै ‘एपिएफ–कम्युनिटी अलर्ट सिस्टम ९एपिएफ–सिएएस०’ सञ्चालनमा ल्याइएकाले सूचना प्राप्त हुनेबित्तिकै परिचालन कक्षबाट उद्धार टोली परिचालन गर्न सहज हुने जनाइएको छ।

यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष मनसुनमा औसतभन्दा कम वर्षाको अनुमान गरे पनि मनसुनजन्य विपद्बाट देशभर करिब ५१ हजार ८८६ घरधुरीका दुई लाख २६ हजार ६६१ जना प्रभावित हुन सक्ने प्रक्षेपण गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit