Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

सीमा नाकामा सहजीकरण गर्न ‘बोर्डर इन्ट्रयाक्सन टिम’ गठन हुँदै

सीमा नाकामा सहजीकरण गर्न ‘बोर्डर इन्ट्रयाक्सन टिम’ गठन हुँदै
विज्ञापन
Advertisement

काठमाडौं । सीमा सुरक्षा थप व्यवस्थित बनाउन सशस्त्र प्रहरी बलले मुख्य सीमा नाकामा ‘बोर्डर इन्ट्रयाक्सन टिम’ (बिआइटी) गठन गर्ने तयारी गरेको छ। प्रारम्भिक चरणमा यसलाई ‘पाइलट प्रोजेक्ट’का रूपमा केही प्रमुख नाकामा लागू गरिने सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले जानकारी दिएका छन्।

विज्ञापन
Advertisement
Advertisement

सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकमा बुधबार सञ्चारकर्मीसँगको भेटमा महानिरीक्षक पौडेलले बिआइटीमार्फत सीमा नाकामा समकक्षी सुरक्षा निकायसँग समन्वय बढाउने, यात्रुको आवतजावत सहज बनाउने तथा सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधि नियन्त्रणमा सहयोग पुग्ने बताएका छन्।

उनका अनुसार सीमा सुरक्षालाई विगतभन्दा थप प्रभावकारी बनाउन जनशक्ति, प्रविधि र परिचालनमा रहेका चुनौतीका बाबजुद परिणाममुखी ढंगले काम भइरहेको छ। राजस्व चुहावट नियन्त्रणलाई सरकारले दिएको उच्च प्राथमिकताअनुसार सशस्त्र प्रहरी पनि प्रभावकारी रूपमा परिचालित भएको उनले बताए।

महानिरीक्षक पौडेलले मनसुनजन्य विपद् व्यवस्थापनका लागि पूर्वतयारी र प्रतिकार्य योजना तयार गरी सम्बन्धित निकायसँग समन्वयमा काम सुरु भइसकेको जानकारी दिएका हुन्। साथै सशस्त्र प्रहरीसम्बन्धी कानुन निर्माण प्रक्रिया अघि बढिरहेको र त्यसबाट कानुनी तथा नीतिगत स्पष्टता आउने विश्वास व्यक्त गरेका छन्। संगठनभित्र आर्थिक सुशासन र पारदर्शितालाई प्राथमिकतामा राख्दै गुनासाप्रति शून्य सहनशीलताको नीति अपनाइएको उनले बताए। नयाँ संरचना थप्नेभन्दा पनि विद्यमान संयन्त्रलाई प्रभावकारी बनाएर उत्कृष्ट नतिजा दिने लक्ष्यका साथ काम भइरहेको उनको भनाइ छ।

महानिरीक्षक पौडेलका अनुसार संगठनको नीति, अनुसन्धान तथा योजना निर्देशनालय गठन गरी भविष्यका चुनौतीअनुसार संगठनको क्षमता विकास, योजना निर्माण र कार्यसम्पादनलाई थप व्यवस्थित बनाउने काम पनि अघि बढाइएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit