Advertisement
Advertisement
Corporate Samachar
५ आश्विन २०८३, सोमबार
Advertisement

सानिगाड हाइड्रोको ३४ लाख कित्ता बढी आईपीओ खुला, कसले दिन पाउँछन् आवेदन ?

सानिगाड हाइड्रोको ३४ लाख कित्ता बढी आईपीओ खुला, कसले दिन पाउँछन् आवेदन ?
विज्ञापन
Advertisement

काठमाडौं। सानिगाड हाइड्रो लिमिटेडले आजदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन खुला गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले जारी पुँजीको ३० प्रतिशत बराबर ८५ लाख ५० हजार कित्ता शेयर निष्काशन अनुमति पाएको छ । यस चरणमा २८ लाख ५० हजार कित्ता स्थानीयका लागि र ५ लाख ७० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याएको छ। स्थानीयतर्फ बझाङको बुंगल नगरपालिकाका वडा नं. १, २ र ४ का अति प्रभावित तथा अन्य वडाका बासिन्दाले आवेदन दिन सक्नेछन्। न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन पाइनेछ।

स्थानीयका लागि आईपीओ छिटोमा चैत २२ गतेसम्म खुला रहनेछ भने ढिलोमा वैशाख ७ गतेसम्म लम्बिन सक्ने कम्पनीले जनाएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने छिटोमा चैत ११ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओ बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit