Advertisement
Advertisement
Corporate Samachar
२० जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

प्रभु महालक्ष्मी लाइफका सीईओ प्रसाईलाई ‘कोशी एक्सिलेन्स अवार्ड’

प्रभु महालक्ष्मी लाइफका सीईओ प्रसाईलाई ‘कोशी एक्सिलेन्स अवार्ड’
विज्ञापन
Advertisement

काठमाडौं। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाई ‘कोशी एक्सिलेन्स अवार्ड २०८२’ अन्तर्गत इन्स्योरेन्स विधाबाट सम्मानित भएका छन्। शनिबार आयोजित एक विशेष समारोहका बीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उनलाई सो अवार्ड प्रदान गरेका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

बीमा क्षेत्रमा लामो समयदेखि पुर्‍याएको विशिष्ट योगदानको कदर गर्दै प्रसाईलाई यो सम्मान दिइएको आयोजकले जनाएको छ। उनले बीमा क्षेत्रको नियामक निकाय तत्कालिन बीमा समिति (हालको नेपाल बीमा प्राधिकरण) बाट आफ्नो व्यावसायिक यात्रा सुरु गरेका थिए । नियमनकारी निकायको अनुभव र हाल प्रभु महालक्ष्मी लाइफको नेतृत्व सम्हाल्दासम्म उनले नेपाली बीमा बजारको विस्तार र सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।

कोशी प्रदेशमा जन्मिएर विभिन्न क्षेत्रमा व्यावसायिक सफलता हासिल गर्दै प्रदेशको नाम उँचो बनाउने व्यक्तित्वहरूलाई प्रोत्साहन स्वरूप ‘कोशी एक्सिलेन्स अवार्ड’ प्रदान गरिँदै आएको छ । यो अवार्डको दोस्रो संस्करण अन्तर्गत शनिबार इटहरीमा आयोजित कार्यक्रममा बीमा लगायत अन्य विभिन्न विधाका उत्कृष्ट व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो ।

प्रदेशका मुख्यमन्त्री कार्कीले सम्मान अर्पण गर्दै प्रसाईजस्ता दक्ष व्यावसायिक नेतृत्वले देशको आर्थिक विकास र वित्तीय साक्षरतामा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरे। चार्टर्ड एकाउन्टेन्ट समेत रहेका प्रसाईसँग नेपाल लाइफ र प्रभु लाइफ जस्ता प्रतिष्ठित कम्पनीहरूमा समेत नेतृत्वदायी भूमिका निर्वाह गरेको अनुभव छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit