Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सुरेन्द्रकुमार उप्रेतीकाे अध्यक्षतामा २९ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति गठन

सुरेन्द्रकुमार उप्रेतीकाे अध्यक्षतामा  २९ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति गठन
विज्ञापन
Advertisement

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को २९ सदस्यीय केन्द्रीय कार्य समिति गठन पूर्ण भएको छ।

विज्ञापन
Advertisement
Advertisement

अध्यक्ष सुरेन्द्रकुमार उप्रेती को अध्यक्षतामा बसेको दोस्रो केन्द्रीय कार्य समितिको बैठकले नाडाको विधान २०७१ (संशोधन सहित) को दफा २०(७) बमोजिम पदाधिकारी चयन प्रक्रिया पूरा गर्दै नयाँ कार्यसमितिलाई पूर्णता दिएको हो।

यसअघि मिति २०८२ पुस २५ गते काठमाडौंमा सम्पन्न निर्वाचनबाट निर्वाचित केन्द्रीय सदस्यहरूमध्येबाट पदाधिकारीहरूको चयन गरिएको हो।

नयाँ कार्यसमितिमा अध्यक्षमा उप्रेतीसँगै निवर्तमान अध्यक्ष करणकुमार चौधरी, संस्थागत उपाध्यक्षद्वय भद्र भण्डारी र गणेशप्रसाद भट्टराई, उपाध्यक्षहरू विक्रम सिंहानिया र अभिक ज्योति चयन भएका छन्।

त्यसैगरी महासचिवमा मिलनबाबु मल्ल, सचिवमा मेघराज पौड्याल, कोषाध्यक्षमा पंकज अग्रवाल तथा सह(कोषाध्यक्षमा निलमणी पाठक रहेका छन्।

संस्थागत सदस्यहरूबाट प्रदेश सदस्यका रूपमा डिल्लीराम आचार्य, केदारकुमार अग्रवाल, दामोदर अटल, दिपेन्द्र कोइराला र पुष्कर ओझा चयन भएका छन् भने साधारण सदस्यहरूबाट अनुपकुमार बराल, तोयानाथ खनाल, दिपकराज गिरी, दिपेन्द्रकुमार मिश्र, दिवाकर मिश्र, नवराज भुसाल, नविनकुमार पारख, नारायणप्रसाद पौडेल, प्रकाश कपुरी, विकास जोशी र विमल साह चयन भएका छन्।

अध्यक्षद्वारा मनोनित सदस्यहरूमा दिपककुमार अग्रवाल, महेश पाल र राजेशप्रसाद गिरी रहेका छन्।

यसैबीच, अध्यक्ष सुरेन्द्रकुमार उप्रेती ले नाडाका पूर्व अध्यक्षहरूको सम्मानमा भेटघाट तथा छलफल कार्यक्रमको समेत आयोजना गरेका छन्। कार्यक्रममा संस्थाको विगत अनुभव, वर्तमान चुनौती र भविष्यका रणनीतिबारे छलफल भएको जनाइएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit