Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

मुक्तिनाथ विकास बैंकद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्न ‘अवसरको झोला’अभियान

मुक्तिनाथ विकास बैंकद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्न ‘अवसरको झोला’अभियान
विज्ञापन
Advertisement

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक रूपमा कमजोर र अवसरबाट वञ्चित विद्यार्थीहरूलाई लक्षित गरी ‘अवसरको झोला’ अभियान सञ्चालन गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

यस अभियानमार्फत बैंकले विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि लगानी गर्ने उद्देश्य राखेको जनाएको छ ।सोही उद्देश्य अनुसार बैंकले सुर्खेत, कालिकोट र धनुषा लगायतका जिल्लाहरूमा ५०० भन्दा बढी विद्यार्थीहरुका लागि झोला वितरण गरेको छ ।

झोलाका साथै विद्यार्थीहरूलाई स्टेशनरी सामग्री र विद्यालय पोशाक समेत प्रदान गरिएको बैंकले जनाएको छ ।यस्तै, जेहेन्दार तथा उत्कृष्ट विद्यार्थीहरूको लगनशीलताको कदर गर्दै बैंकले छात्रवृत्ति समेत प्रदान गरेको छ ।

‘हरेक बालबालिकामा सपना हुन्छ, तर ती सपना पूरा गर्न सबैका लागि समान अवसर हुँदैन’, बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ। यो झोला केवल शैक्षिक सामग्री मात्र नभई बालबालिकाका लागि सम्भावना, आत्मविश्वास र उज्ज्वल भविष्यको आशा पनि भएको बैंकको विश्वास छ ।

यो अभियानको मुख्य उद्देश्य शिक्षाको माध्यमबाट बालबालिकाको भविष्यलाई सुदृढ बनाउनु रहेको बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङले जानकारी दिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit