Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

विपद् कोषमा १५ करोड रकम जम्मा गर्ने प्रदेश सरकारको निर्णय

विपद् कोषमा १५ करोड रकम जम्मा गर्ने प्रदेश सरकारको निर्णय
विज्ञापन
Advertisement

विराटनगर। कोशी प्रदेश सरकारको आजको मन्त्रिपरिषद् बैठकले विभिन्न ६ वटा महत्त्वपूर्ण निर्णय गरेको छ। कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार बैठकले प्रदेश भवन नियमावली २०८२ स्वीकृत गर्ने निर्णय गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

त्यस्तै, प्रदेश सरकारले २०८३ सालका सार्वजनिक बिदा समेत स्वीकृत गरेको छ। साथै, वित्तीय समानीकरण अनुदान र सवारी साधन कर बाँडफाँडको सीमा निर्धारण गर्ने प्रस्तावलाई पनि मन्त्रिपरिषद्ले अनुमोदन गरेको छ ।

बैठकले गत असोज १८ र १९ गतेको बाढी–पहिरो तथा चैत्र १ र २ गतेको हावा हुन्डरीबाट प्रभावित क्षेत्रमा पुनर्निर्माण कार्यलाई तीव्रता दिन विशेष निर्णय गरेको छ ।

यसका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गत रहेको विपद् व्यवस्थापन कोषमा १५ करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरिएको मन्त्री पराजुलीले जानकारी दिए ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit