images images images
images images images
images
images
images

महासंघ बागमती प्रदेश निर्वाचन: अध्यक्षका लागि दुर्गाराज श्रेष्ठले गरे मनोनयन दर्ता

images

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको अध्यक्षको लागि दुर्गाराज श्रेष्ठले मनोनयन दर्ता गरेका छन् । हाल महासंघमा वस्तुगत–एसोसिएट उपाध्यक्षको जिम्मेवारीमा रहेका श्रेष्ठले समावेशी र अनुभवी टोलीसहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनको समूहबाट एसोसिएट उपाध्यक्षमा कृष्णभक्त श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा प्रेमहरि मैनाली, जिल्ला–नगर उपाध्यक्षमा कविराज खत्री तथा कोषाध्यक्षमा जीवनकाजी माकाजु उम्मेदवार बनेका छन् ।

images
images

उम्मेदवारी दर्तासँगै बागमती प्रदेशभर व्यवसायीहरूबीच चुनावी माहोल झनै तातेको छ । विभिन्न समूहहरूले आफ्ना प्राथमिकता र एजेन्डा सार्वजनिक गर्न थालेका छन् भने महासंघको साधारणसभा तथा निर्वाचन यही महिनाको २४ गते हुने तय भएको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्