images images images
images images images
images
images
images

गोल्छा ग्रुपद्वारा किओचलाई ५ करोड सहयोग, बाल अस्पताल अभियानलाई टेवा

images

काठमाडाैं।नेपालकै प्रतिष्ठित औद्योगिक तथा व्यावसायिक घराना गोल्छा ग्रुप ले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई पाँच करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

बुधबार आयोजित एक कार्यक्रममा बालबालिकाका लागि सहज उपचार र प्रभावकारी स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यसहित उक्त सहयोग हस्तान्तरण गरिएको हो। कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत भएको यस सहकार्यमा गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा र किओचका संस्थापक अध्यक्ष भगवान कोइराला बीच औपचारिक सम्झौता सम्पन्न भएको हो।

images
images

सहयोग हस्तान्तरण गर्दै अध्यक्ष गोल्छाले सातै प्रदेशमा बाल अस्पताल निर्माण गर्ने अभियानमा जोडिन पाउँदा गर्व लागेको बताए। उनले गोल्छा फाउन्डेसनमार्फत किओचसँगको सहकार्यको सुरुवात भएको उल्लेख गर्दै भविष्यमा पनि यस्तो सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरे। बाल अस्पतालमार्फत बालबालिकालाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुनेमा उनले आशावादी रहेको पनि बताए।

त्यस्तै, सहयोग रकम ग्रहण गर्दै प्राडा कोइरालाले यस अभियानमा गोल्छा ग्रुपको साथ र सहयोगप्रति आभार व्यक्त गरे। उनले उक्त सहयोगबाट हजारौँ बालबालिकाले गुणस्तरीय स्वास्थ्य सेवा पाउने र सातै प्रदेशमा निर्माण भइरहेका बाल अस्पतालहरूलाई महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे।

सातै प्रदेशमा बाल अस्पताल निर्माण गर्ने गुरुयोजना अन्तर्गत हाल कोशी प्रदेशको दमक र बागमती प्रदेशको काठमाडौंमा अस्पताल सञ्चालनमा आइसकेका छन्। देशभरका बालबालिकालाई उच्चस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले किओचको स्थापना गरिएको हो।

नेपालको सबैभन्दा पुरानो र अग्रणी व्यावसायिक समूहमध्ये एक गोल्छा ग्रुपले देशमा औद्योगिकीकरणको सुरुवात गर्दै पहिलो उद्योग स्थापना गर्ने इतिहास बोकेको छ। हाल यस समूहले २० हजारभन्दा बढी नागरिकलाई रोजगारी प्रदान गर्दै आएको छ।

सामाजिक उत्तरदायित्वका क्षेत्रमा पनि सक्रिय रहेको गोल्छा ग्रुपले Teach For Nepal, Disabled Newlife Center, रामलाल गोल्छा आँखा अस्पताल, श्री सरस्वती माध्यमिक विद्यालय र नेपाल एम्बुलेन्स सर्भिस लगायतका संस्थासँग दशकौँदेखि सहकार्य गर्दै आएको छ।

images
images

प्रतिक्रिया दिनुहोस्