काठमाडौं। काठमाडौंको बौद्धस्थित भाटभटेनी सुपरस्टोर आजदेखि पुनः सञ्चालनमा आएको छ।
२०८२ साल भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा क्षतिग्रस्त बनेको उक्त स्टोर मर्मत तथा पुनर्निर्माणपछि भन्डै १० महिनापछि बुधबारदेखि पुनः सञ्चालनमा आएको हो।
आगलागीका कारण ठूलो क्षति व्यहोरेको उक्त स्टोरलाई पुनर्निर्माण गरी नियमित सञ्चालनमा ल्याइएसँगै सेवाग्राहीले सहज रूपमा सेवा पाउने भाटभोटेनीले जनाएको छ।















प्रतिक्रिया दिनुहोस्