Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

बागमतीको राजधानीमा डिजिटल बैंकिङ सेवासहित नेपाल बैंकको नयाँ भवन सञ्चालनमा

बागमतीको राजधानीमा डिजिटल बैंकिङ सेवासहित नेपाल बैंकको नयाँ भवन सञ्चालनमा
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल बैंक लिमिटेडको बागमती प्रदेशको राजधानी हेटौंडास्थित नवनिर्मित अत्याधुनिक भवन सञ्चालनमा आएको छ।

विज्ञापन
Advertisement
Advertisement

आइतबार हेटौंडा उपमहानगरपालिका–४ मा आयोजित विशेष कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भवनको उद्घाटन गरेका हुन् ।
उनले आफ्नै आधुनिक भवनबाट गुणस्तरीय बैंकिङ सेवा विस्तार गर्न लागेकोमा बैंकलाई बधाई तथा शुभकामना व्यक्त गरे।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेय ले डिजिटल बैंकिङको युगलाई आत्मसात् गर्दै बैंकले अत्याधुनिक प्रविधि तथा सेवा सुविधामार्फत ग्राहकलाई थप प्रभावकारी सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताए।

उद्घाटन कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्तराज अधिकारी, हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामा, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाट, बैंकका प्रमुख वित्त अधिकृत दीपेन्द्रराज काफ्ले तथा बागमती प्रदेश र स्थानीय तहका विभिन्न प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका वक्ताहरूले अपाङ्गतामैत्री सुविधा सहित निर्माण गरिएको नयाँ भवनबाट यस क्षेत्रका सेवाग्राहीले थप सहज, सुरक्षित र गुणस्तरीय बैंकिङ सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरे।

हाल नेपाल बैंकले देशभर २३१ शाखा, २४६ एटीएम र ६१ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ। बैंकले आधुनिक बैंकिङ प्रविधि, दक्ष जनशक्ति र ग्राहक सेवामा सुधारलाई प्राथमिकता दिँदै आफ्नो सेवा विस्तार गरिरहेको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit