Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सिएफएम्ओटिओ नेपालद्वारा सेवा विस्तारसँगै नयाँ वर्षको अफर घोषणा

सिएफएम्ओटिओ नेपालद्वारा सेवा विस्तारसँगै नयाँ वर्षको अफर घोषणा
विज्ञापन
Advertisement

काठमाडौं । नेपालका लागि सिएफएम्ओटिओ ( CFMOTO) मोटरसाइकलको आधिकारिक बिक्रेता ऋषि ट्रेड सेन्टरले देशभर आफ्ना जेनुइन स्पेयर पार्ट्स र सेवा सञ्जाल विस्तार गरेको घोषणा गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

‘ग्राहक पहिलो’ रणनीति अनुरूप कम्पनीले स्पेयर पार्ट्सको मूल्यमा समेत उल्लेख्य कटौती गरी किफायती बनाएको जनाएको छ।

लामो समयदेखि काठमाडौं केन्द्रित रहेको गुनासोलाई सम्बोधन गर्दै कम्पनीले उपत्यका बाहिरका सात प्रमुख सहरहरूमा सेवा विस्तार गरेको छ। अब CFMOTO प्रयोगकर्ताहरूले पुर्वी क्षेत्र : बिर्तामोड र इटहरी, मध्य क्षेत्र : हेटौंडा र चितवन, पश्चिमी क्षेत्र : बुटवल, पोखरा र नेपालगञ्जबाट सेवा लिन सक्नेछन् ।

काठमाडौं उपत्यकाभित्र भने कालोपुल, बुद्धनगर र सल्लाघारी बाट आधिकारिक सेवा सुचारु गरिएको कम्पनीले जनाएको छ।

कम्पनीको प्रेस विज्ञप्ति अनुसार स्पेयर पार्ट्सको मूल्यमा भारी कटौती गरिएको छ। यसअघि आयातित पार्ट्सहरू महँगो हुने आम धारणालाई चिर्दै कम्पनीले पार्ट्सको मूल्यलाई ग्राहकमैत्री बनाएको छ। केही विशेष पार्ट्सहरूको मूल्यमा ४० प्रतिशतसम्मको गिरावट आएको जनरल म्यानेजर उज्ज्वल जोशीले जानकारी दिए । आफ्ना प्राविधिकहरूलाई अन्तर्राष्ट्रिय स्तरको तालिम दिएर कम्पनीले सेवाको गुणस्तरमा समेत सुधार गरेको उल्लेख गरेको छ।

नयाँ वर्ष २०८३ को अफर
सेवा विस्तारसँगै कम्पनीले नयाँ वर्ष २०८३ को अवसरमा विशेष स्किम समेत ल्याएको छ। जसअन्तर्गत नयाँ बाइक खरिदमा नगद छुट, एक्सचेन्जमा थप मुल्याङ्कन र एउटा लक्की ड्र मार्फत १ लाख रुपैयाँ क्यासब्याक जित्ने मौका समेत प्रदान गरिएको उल्लेख छ।

यस विस्तारले नेपालको प्रिमियम मोटरसाइकल बजारमाको उपस्थितिलाई थप बलियो बनाउने र प्रयोगकर्ताहरूलाई लामो यात्रामा निस्कन थप प्रोत्साहित गर्ने अपेक्षा कम्पनीको रहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit