images images images
images images images
images
images
images

प्रभु बैंकका ग्राहकलाई फिस टेल र अन्नपूर्ण जगतपुर लजमा विशेष छुट

images

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूले पोखराको ‘फिस टेल लज’ र ‘अन्नपूर्ण जगतपुर लज’ मा विशेष छुट पाउने भएका छन्।

बैंक र लज व्यवस्थापनबीच बुधबार एक समारोहमा सेवामा सहुलियत दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो।

images
images

सम्झौतापत्रमा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर दिपेन्द्र बाबु विष्ट र फिस टेल लज तथा अन्नपूर्ण जगतपुर लजको तर्फबाट बिक्री तथा मार्केटिङ क्लस्टर निर्देशक सनीस महर्जनले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रभु बैंकका कार्ड प्रयोगकर्ता ग्राहक र कर्मचारीहरूले दुवै लजमा आवास सुविधामा विशेष संस्थागत छुट तथा
खाना र पेय पदार्थमा १०% देखि १५५%सम्मको आकर्षक छुट पाउनेछन्।

यो सुविधा लिनका लागि ग्राहकले बिल भुक्तानी गर्दा प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा बैंकको विद्युतीय माध्यमबाट भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ।

images
images

प्रतिक्रिया दिनुहोस्