Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

अटोमोवाइल क्षेत्रको नीति परिमार्जनका लागि नाडाद्वारा सरकारको ध्यानाकर्षण

अटोमोवाइल क्षेत्रको नीति परिमार्जनका लागि नाडाद्वारा सरकारको ध्यानाकर्षण
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":[],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}
विज्ञापन
Advertisement

काठमाडौं। अटोमोवाइल्स एशोसिएशन अफ नेपालले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको अटोमोवाइल क्षेत्र हाल शिथिल अवस्थामा रहेको भन्दै यसको संरक्षणका लागि नीतिगत सुधारको माग गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

बुधबार नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बरालसँग भेट गरी यस क्षेत्रका समस्या र समाधानका उपायबारे विस्तृत छलफल गरेको हो।

अध्यक्ष उप्रेतीले देशमा रोजगारी सिर्जनाका लागि सी.के.डी. उद्योगको स्थायित्व हुनुपर्ने र त्यसका लागि सहायक कम्पोनेन्ट उद्योगहरू खोल्न सरकारले प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । साथै, सरकारले कच्चा पदार्थ आयातमा छुट दिएमा यसले राजस्व र रोजगारी दुवैमा सकारात्मक प्रभाव पार्ने उनको दाबी छ।

सो क्रममा नेपालमै उत्पादन भइरहेका कतिपय अटोमोवाइल वस्तुहरूको गुणस्तर मापन गर्ने संयन्त्र सरकारसँग नहुँदा व्यवसायीले समस्या झेल्नुपरेको विषय पनि अध्यक्षले उठान गरेको जनाइएको छ।

नाडाका पूर्व अध्यक्ष करण चौधरीले सवारी साधनको बिक्री बढाउन ‘लोन टु भ्यालु रेसियो’ बढाउनु पर्ने माग गरेका छन् । हालको अनुपातमा सुधार भएमा अटोमोवाइल इकोसिस्टम चलायमान हुने र राजस्वमा वृद्धि हुने उनको भनाइ छ । यस्तै, नाडाका विशिष्ट सल्लाहकार राजनबाबु श्रेष्ठले सरकारले अझै पनि सवारी साधनलाई विलासिताको वस्तुमा वर्गीकरण गरेकोमा त्यसलाई हटाउनुपर्ने बताए । साथै, भारतमा जीएसटी घटेका कारण सीमा क्षेत्रमा चोरी निकासी बढेको भन्दै निगरानी बढाउन र भन्सार महशुलमा समायोजन गर्न उनले आग्रह गरेको जारी विज्ञप्तिमा उल्लेख छ।

सो क्रममा महासचिव मिलनबाबु मल्लले विद्युतीय सवारी साधनको पिक पावर मापनका सम्बन्धमा देखिएका अन्यौल चिर्न नाडा सरकारसँग सहकार्य गर्न तयार रहेको धारणा राखेका थिए। छलफलका क्रममा राजस्व सचिव भूपाल बरालले नाडाले प्रस्तुत गरेका सुझावहरू कार्यान्वयन योग्य रहेको बताए । उनले अटोमोवाइल क्षेत्रका समस्याबारे सरकार जानकार रहेको र प्राप्त सुझावहरूलाई प्राथमिकताका साथ हेर्ने आश्वासन दिएका छन् ।

छलफलमा नाडाका उपाध्यक्ष विक्रम सिंघानिया र सचिव मेघराज पौडेल लगायतको उपस्थिति रहेको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit