Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

प्रतिवेदन बुझ्दै मन्त्री खड्काले भने– ताप्लेजुङ बोलेरो दुर्घटनामा लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छ

प्रतिवेदन बुझ्दै मन्त्री खड्काले भने– ताप्लेजुङ बोलेरो दुर्घटनामा लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छ
विज्ञापन
Advertisement

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले बोलेरो दुर्घटनाबारे भएको छानबिन प्रतिवेदन बुझेका छन् । एक महिना पहिले विद्युतको तारमा अल्झिएर ताप्लेजुङमा भएको बोलेरो दुर्घटनाबारे छानबिन प्रतिवेदन आज बुझ्दै मन्त्री खड्काले विद्युत सेवा वितरणमा लापरवाही गर्नेलाई कारवाही गर्ने बताए ।

विज्ञापन
Advertisement
Advertisement

मन्त्री खड्काले सुरक्षा नीतिलाई सबैभन्दा उच्च प्राथमिकतामा राख्न निर्देशन दिएका छन् । उक्त दुर्घटनामा चार जनाको ज्यान गएको थियो भने दुई गम्भीर घाइते भएका छन् । यो घटनालाई राज्यका लागि गम्भीर चुनौतीका रूपमा व्याख्या गर्दै मन्त्री खड्काले सरोकारवाला निकायलाई सुधारात्मक कदम चाल्न निर्देशन दिएका हुन्।

गत वैशाख ८ गते ताप्लेजुङको पाथिभरा मन्दिरतर्फ जाँदै गरेको बोलेरो गाडी विद्युतको तारमा अल्झिएर दुर्घटना भएलगत्तै मन्त्रीस्तरीय निर्णयमार्फत विद्युत विकास विभागका सुपरिडेन्टेन्ट इन्जिनियर नुतन प्रकाश शर्माको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको थियो। समितिले सो दुर्घटनाबारे तयार गरेको विस्तृत प्रतिवेदन शुक्रबार मन्त्री खड्काले बुझेका छन् । प्रतिवेदन बुझेसँगै मन्त्री खड्काले घटनाबाट गम्भीर शिक्षा लिनुपर्ने उल्लेख गर्दै अब नीति र व्यवहार दुवैमा परिवर्तन अनिवार्य रहेको बताए ।

उनले भने, ‘राज्यले विद्युत पूर्वाधार विकासमा ठूलो लगानी गरिरहेको भए पनि केही कर्मचारीको लापरवाही र जिम्मेवारीहीन व्यवहारका कारण आम नागरिकको ज्यान जोखिममा परेको अवस्था दोहोरिनु अत्यन्त दुःखद छ।’ अब यस्ता लापरवाहीहरूप्रति शून्य सहनशीलताको नीति अख्तियार गरिने उनको भनाइ छ । उनले पीडित परिवारलाई तत्काल राहत तथा दीर्घकालीन क्षतिपूर्ति सुनिश्चित गर्न समेत सम्बद्ध निकायहरूलाई निर्देशन दिइसकेको जानकारी गराए।

समितिको प्रतिवेदनमा दुर्घटनाको मूल कारण पोलको इन्सुलेटर फुस्किनु, कम दृश्यता, सवारीको छानामा राखिएको संरचनाले विद्युत तार छोएको र विद्युत प्रवाह रोक्ने सुरक्षा प्रणालीले काम नगरेको जस्ता गम्भीर प्राविधिक कमजोरीहरू औंल्याइएका छन्।

मन्त्री खड्काले सरकार अब विद्युत सुरक्षालाई प्राविधिक विषयमा मात्र होइन, नागरिक सुरक्षा र जनताको जीवनरक्षासँग प्रत्यक्ष जोडिएको विषयको रूपमा लिई अगाडी बढाउने बताएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit