Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

अवैध सुन कारोबारीको तथ्य सदनलाई जानकारी गराउन माग

अवैध सुन कारोबारीको तथ्य सदनलाई जानकारी गराउन माग
विज्ञापन
Advertisement

काठमाडौं । गाडीमा अवैध रूपमा बोकिएका सुन समातिने र तिनका चालक पक्रिने तर अवैध रूपमा सुनको कारोबार गर्नेहरू सार्वजनिक नगरिने क्रम अन्त्य गर्न सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद रामहरि खतिवडाले केही समयअघि टोखामा समातिएको ठूलाmे परिमाणको सुनमा चालकमात्र समातिएको भन्दै त्यसका साहु को हो? भन्ने अहिलेसम्म सार्वजनिक नभएकाले सदनलाई जानकारी गराउन माग गरे।

विज्ञापन
Advertisement
Advertisement

आइतबार पनि रसुवामा अवैध रूपमा ओसारपसार भइरहेको साढे सात केजी सुन समातिएको थियो । उक्त प्रकरणमा चालक पक्राउ परे पनि सुनका मालिक भने पक्राउ परेका छैनन्।

धेरै पैसा लिएर महिला कामदारलाई हाउस मेडका रूपमा विभिन्न खाडी देशमा पठाउन थालिएकाले कानुन बनाएर मात्र विदेश पठाउने व्यवस्था गर्न पनि सांसद खतिवडाले माग गरे ।

यस्तै, सांसद मनिष झाले न्यायालयप्रतिको विश्वास कम हुन थालेकाले विश्वास बढाउने वातावरण मिलाउन माग गरे। सांसद माधव सापकोटाले सिन्धुपाल्चोक जिल्लामा १४६ प्रकारका गुठी रहेको र त्यसका कारण किसान पीडामा रहेकाले विधेयक ल्याएर गुठी समस्या समाधान गर्नुपर्ने बताए।

त्यस्तै,सांसद रमा कोइराला पौडेललले अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले भक्तपुरको हनुमन्ते खोला किनारमा ढल बिच्छ्याउन सुरू गरेकामा अलपत्र भएकाले छिटो सम्पन्न गर्न माग गरिन्।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit