काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. (लक्ष्मी हुन्डाई) ले हुन्डाई मोटर कम्पनीबाट प्रतिष्ठित ‘इन्डिया, मिडल इस्ट एन्ड अफ्रिका (आईएमईए) सर्भिस पर्फर्मेन्स अवार्ड’ प्राप्त गरेको छ।
गाडी बिक्रीपछिको उत्कृष्ट मर्मत –सम्भार (आफ्टर–सेल्स सर्भिस) र उच्च ग्राहक सन्तुष्टि कायम गरेबापत कम्पनीलाई यो अन्तर्राष्ट्रिय सम्मान प्रदान गरिएको हो।
धेरैजसो अटोमोबाइल ब्रान्डहरू बिक्रीमा मात्र केन्द्रित हुने बजारमा लक्ष्मी हुन्डाईले बिक्रीपछिको सेवालाई आफ्नो मुख्य शक्ति बनाउँदै आएको छ। ग्राहकलाई दीर्घकालीन र भरपर्दो सहयोग पुर्याउन कम्पनीले सेवा केन्द्रहरूको सञ्जाल विस्तार, कर्मचारीको क्षमता अभिवृद्धि र भौतिक पूर्वाधारको आधुनिकीकरणमा लगातार लगानी गरिरहेको जनाएको छ।
अन्तर्राष्ट्रिय मञ्चमा प्राप्त यो ठूलो सफलतालाई लक्ष्मी हुन्डाईले आफ्नो टोलीको निरन्तर मेहनत र ग्राहकप्रतिको प्रतिबद्धताको नतिजा मानेको छ। यस सुखद अवसरमा कम्पनीले सम्पूर्ण ग्राहकहरू प्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा सेवाको स्तरलाई थप उत्कृष्ट बनाउने संकल्प कम्पनीले गरेको छ।

















प्रतिक्रिया दिनुहोस्