Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

एमएडब्लू वृद्धिले पायो दुई अवार्ड

एमएडब्लू वृद्धिले पायो दुई अवार्ड
विज्ञापन
Advertisement

काठमाडौं । एमएडब्लू वृद्धि मोटर्सले एकै समारोहमा दुई अवार्ड प्राप्त गरेको छ । ‘इनर्जी, भिजन, फ्युचर’ थिममा सम्पन्न भएको डोंगफेंग डिलर कन्फरेन्स २०२६ मा एमएडब्लू वृद्धि मोटर्सले ‘अवार्ड अफ एक्सलेन्ट ईभी सेल्स’ र ‘अवार्ड अफ सर्भिस एक्सलेन्स २०२५’ गरी दुई महत्वपूर्ण सम्मान प्राप्त गरेको कम्पनीले जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

एमएडब्लू ग्रुपले ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धता ,नेपालमा ईभी प्रवर्द्धनसँगै नेटवर्क विस्तार र ग्राहकको हितमा काम गरेकाले उक्त अवार्ड दिइएको हो। एमएडब्लू वृद्धि मोटर्सले १४ महिनाकै दौरानमा १२५० भन्दा बढी ईभी गाडी बिक्री गरेको जनाएको छ । ईभी क्षेत्रमा यो उल्लेखनीय उपलब्धि भएको कम्पनीको भनाइ छ ।

कम्पनीले अवार्ड पाएसँगै अध्यक्ष विष्णु कुमार अग्रवालले ईभी गाडी प्रर्बद्धनमा निरन्तर लाग्ने उल्लेख गर्दै थप भने ‘ ईभीले आयातित इन्धनप्रतिको निर्भरता घटाएर, स्वदेशमै उत्पादित बिजुलीको खपत बढाउँछ र राष्ट्रको अमूल्य विदेशी मुद्रा बचत गर्न मद्दत गर्ने छ ।’

यसको ह्याचब्याक मोडेल नामी बक्स आफ्नो सेग्मेन्टमा सबैभन्दा बढी बिक्री भएको गाडी बनेको छ। कम्पनीले नेपालमा हालसालै भित्र्याएको नामी भिगोको डेलिभरी अक्टोबरदेखि सुरु गरेको हो। यसले उपभोक्ताका लागि अझ धेरै ईभीको छनोटहरू उपलब्ध गराएको छ।

एमएडब्लू वृद्धि मोटर्सले १० वटा सेवा केन्द्रहरूबाट ग्राहकलाई सहज सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit