Advertisement
Advertisement
Corporate Samachar
३० जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

व्यवसायीको मनोबल उठाउनु नै सरकारकाे उपलब्धी ठहरिन्छ : उर्मिला श्रेष्ठ (अन्तर्वार्ता)

व्यवसायीको मनोबल उठाउनु नै सरकारकाे उपलब्धी ठहरिन्छ : उर्मिला श्रेष्ठ (अन्तर्वार्ता)
विज्ञापन
Advertisement

नयाँ सरकार बनेपछि निजी क्षेत्रकाे अपेक्षा ह्वात्तै बढेकाे छ । याे समयमा सरकारले पनि निजी क्षेत्रलाइ सँगसँगै लिएर जानु पर्ने छ । दुइ तिहाइकाे बहुमतप्राप्त सरकारले भएकाले निजी क्षेत्रलाइ थुनेर हाेइन सुनेर अघि बढ्नु पर्ने काेभिडहुँदै जेन जी आन्दोलनले दिएकाे क्षति रलाइ पूर्ति गर्न पनि याे सरकारले मिलेर काम गर्नुकाे विकल्प छैन । नेपाल चेम्बर अफ कमर्सका महिला उपाध्यक्ष उर्मिला श्रेष्ठसँग गरिएकाे कुराकानीकाे सम्पादित अंश :

विज्ञापन
Advertisement
Advertisement

पछिल्लो समय व्यवसायीहरु निराश छन्, लगानी गर्न किन तयार छैनन् के कारण हुन सक्छ?
अहिलेको अवस्था हेर्दा व्यवसायीहरूमा निराशा बढेको स्पष्ट देखिन्छ। बजारमा माग घटेको छ, उपभोग घटेको छ, र लगानीको वातावरण कमजोर बनेको छ । सरकारका नीतिहरू र व्यवहारिक कार्यान्वयनबीच ठूलो अन्तर देखिएको छ । विगतमा सरकारले गरेका नीतिगत सुधार हुन सकेका छैनन् । त्यसमा पनि कोभिड १९, र जेन जी आन्दोलपछि निजी क्षेत्र लगानी बढाउने भन्दा पनि भएकै लगानी जोगाउनुपर्ने अवस्थतामा आइपुग्यो । जसले गर्दा निजी क्षेत्र हतार, निराश देखिएका छन् । यतिबेला गिरेको मनोबल बढाउनुको अर्को विकल्प छैन । विगतका चुनावी घोषणापत्रमा गरिएका प्रतिबद्धताहरू कार्यान्वयन केबल कागजमै सिमित बन्न पुग्यो ।

यसले समग्र अर्थतन्त्रमा कस्तो असर पारेको छ?
यसरी व्यवसायीको मनोबल खस्एिको बेलाको प्रत्यक्ष असर समग्र अर्थतन्त्रमा पर्छ। उत्पादन घट्छ, व्यापार सुस्त हुन्छ, रोजगारी सिर्जना घट्छ । अन्ततः देशको आर्थिक वृद्धि दर नै प्रभावित हुन्छ । अहिले हामीले देखिरहेको कम आर्थिक वृद्धि दर पनि यस्तै कारणहरूको परिणाम हो।
अहिलेको दुई तिहाई सरकारले निजी क्षेत्रलाई कसरी सहयोग गर्नुपर्छ, तपाईंहरुको अपेक्षाहरु केके छन् ?
आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य अनिवार्य हुन्छ । सरकारले नीतिगत स्थायित्व दिनुपर्छ, व्यवसायमैत्री वातावरण सिर्जना गर्नुपर्छ, र अनावश्यक झन्झट हटाउनुपर्छ । अहिलेको निजी क्षेत्रले गर्नुपर्ने काम भनेको व्यवसायीको गिरेको मनोबल उकास्नु हो । यो सरकारले पहिलो वर्ष व्यवसायी वातावरण बनाउन र निजी क्षेत्रको मनोबल उकास्न काम गर्नुपर्छ । अहिले व्यवसाय सञ्चालन लागत उच्च छ, जसले प्रतिस्पर्धात्मक क्षमता घटाएको छ। त्यस्ता क्षेत्रमा अहिलेको सरकारले तत्काल काम गर्नुपर्ने छ ।

सबैभन्दा महत्वपूर्ण कुरा विश्वास हो। सरकार र निजी क्षेत्रबीच विश्वास कायम गर्नुपर्छ। स्पष्ट नीति, स्थिरता, र सहकार्यबाट मात्र व्यवसायीहरूको मनोबल उठाउन सकिन्छ । जब मनोबल उठ्छ, लगानी बढ्छ, उत्पादन बढ्छ, र अन्ततः देशको आर्थिक विकासले गति लिन्छ ।
कर प्रणालीबारे व्यवसायीहरूको असन्तुष्टि जहिल्यै सुनिन्छन् नि ?
कर प्रणाली अहिले पनि धेरै हदसम्म व्यवसायमैत्री छैन। आयकर स्ल्याब, करको दर, र कर प्रशासन सबैमा सुधार आवश्यक छ । करको दायरा विस्तार गर्नु जरुरी छ, तर त्यसका लागि व्यवसायलाई प्रोत्साहन गर्ने नीति हुनुपर्छ । अहिलेको अवस्थामा करको भार उपभोक्ता र व्यवसायी दुबैलाई दबाबमा पारिरहेको छ।
कृषि तथा आपूर्ति प्रणालीमा के–कस्ता समस्या देख्नुहुन्छ?
कृषि क्षेत्रमा अनुदानको प्रभावकारिता कम छ । उत्पादन र बजारबीच समन्वय छैन। गोदाम व्यवस्थापन, भण्डारण, र आपूर्ति प्रणालीमा कमजोरी छ । यसको असर प्रत्यक्ष रूपमा मूल्य स्थिरता र उपभोक्तामा पर्छ । यदि यी संरचनात्मक समस्या समाधान गर्न सकियो भने अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिन्छ ।
लगानी वातावरण सुधारका लागि के गर्नुपर्छ?
लगानीको वातावरण बनाउन सबैभन्दा पहिले विश्वासको वातावरण बनाउनुपर्छ। नीति स्थिर हुनुपर्छ, कानुनी प्रक्रिया सरल हुनुपर्छ, र प्रशासनिक ढिलासुस्ती हटाउनुपर्छ। पछिल्लो एक–दुई वर्षमा लगानीको गति निकै सुस्त भएको छ। यसलाई पुनः सक्रिय बनाउन सरकारको स्पष्ट रोडम्याप आवश्यक छ।
ऊर्जा तथा पूर्वाधार विकासले अर्थतन्त्रमा कस्तो भूमिका खेल्छ?
ऊर्जा र पूर्वाधार आर्थिक विकासका आधार स्तम्भ हुन्। ऊर्जा क्षेत्रमा सुधार आएको छ, तर यसको प्रभाव सबै क्षेत्रमा समान रूपमा पुगेको छैन। यदि ऊर्जा, यातायात, र अन्य पूर्वाधार क्षेत्रलाई प्रभावकारी बनाइयो भने उद्योग र व्यवसाय दुवैलाई ठूलो फाइदा पुग्छ ।
साल्ट्र ट्रेडिङ कर्पोरेसनको अहिलेको बजार अवस्था कस्तो छ ?
पछिल्लो समय साल्ट्र टे«डिङ कर्पोरेसनको औसतमा राम्रै रहेको छ । पछिल्लो वर्ष केही समस्या भए पनि यो वर्ष सकारात्मक नै छ। जेनजी आन्दोलन पछि स्टक राखेर विक्रि गर्ने संख्या घटेको छ । जेन जी आन्दोलनले क्षति पु¥याएरपछि व्यवसायीहरु आफुँलाई आवश्यक पर्ने मात्र लैजाने गरेका छन् । समग्रमा आर्थिक रुपमा पनि अहिले सुधारउन्मुख भएको छ ।
आगामी दिनमा चेम्बरको भूमिका कस्तो हुनुपर्छ?
आगामी दिनमा चेम्बरको भूमिका अन्त्यन्तै महत्वपूर्ण रहेको छ । बलियो सरकार भएको अवस्थामा संस्थाबाट जाने आवाजले आकार लिन्छ । त्यसैले यो बेला सबै निजी संस्थाहरुले मिलेर आवाजलाई एउटै बनाएर सरकारलाई खबरदारी गर्नुपर्छ । यसले सरकारलाई नीति बनाउन र हाम्रा कुराको सम्बोधन गर्न महत्वपूर्ण भूमिका खेल्छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit