काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउनु उचित नभएको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा पार्टी आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपश्चात् सञ्चारकर्मीसँग उनले बोलाइसकेको संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउने कुरा मर्यादित नभएको र त्यस्तो कार्यमा पार्टीको असहमति रहने बताए ।
‘एकातिर अधिवेशन बोलाइसकेपछि स्थगित गरिएको छ, अर्कोतिर संसद् छलेर अध्यादेश ल्याउने कुरा चलिरहेको छ, त्यसो गर्नु मर्यादित कदम होइन । जनप्रतिनिधिको थलो संसद्बाटै पारदर्शी रूपमा आवश्यक कानुन ल्याउनुपर्छ’, प्रवक्ता चालिसेले भने ।
यस्तै उनले पेट्रोलियम पदार्थको अत्यधिक मूल्य वृद्धि भएको अवस्थामा सहुलियत दिने तथा गत भदौ २३ र २४ को जेनजी आन्दोलनका घटनामा भएको क्षतिको अनुसन्धान गर्नेतर्फ सरकारले कुनै चासो नदेखाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।







कर्पोरेट समाचार 




















प्रतिक्रिया दिनुहोस्