Advertisement
Advertisement
Corporate Samachar
३० जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सेबोन नेतृत्व खोज्न अर्थ मन्त्रालयले माग्यो दरखास्त

सेबोन नेतृत्व खोज्न अर्थ मन्त्रालयले माग्यो दरखास्त
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को रिक्त अध्यक्ष पदका लागि सरकारले दरखास्त आह्वान गरेको छ । अर्थ मन्त्रालयले आज एक सूचना जारी गर्दै योग्य उम्मेदवारहरूलाई आजको सात दिनभित्र आफ्नो व्यक्तिगत विवरण (बायोडाटा) बुझाउन आह्वान गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

गएको वैशाख ४ गते तत्कालीन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा दिएपछि नेतृत्वविहीन बोर्डमा नयाँ अध्यक्ष चयन गर्न सरकारले प्रक्रिया अघि बढाएको हो। इच्छुक उम्मेदवारहरूले सिंहदरबारस्थित अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन दिनुपर्ने जनाइएको छ ।

अध्यक्ष पदका लागि आवेदन दिने व्यक्तिको शैक्षिक योग्यता कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने छ। यस्तै, धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा ७ वर्षको कार्य अनुभव भएको तथा आवेदकको उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ ।

यसैगरी, उम्मेदवारका लागि भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण वा अन्य आपराधिक कसुरमा सजाय नपाएको, कालोसूचीमा नपरेको र कुनै पनि विदेशी मुलुकको स्थायी बसोबास अनुमति नलिएको जस्ता मापदण्ड पनि तोकिएको छ । यसका आधारमा अर्थ मन्त्रालयले प्राप्त आवेदनहरूबाट सिफारिस समितिले संक्षिप्त सूची तयार गर्ने र आवश्यक परेमा थप विवरण माग गर्न सक्ने जनाएको छ ।

सरकारले यसअघि धितोपत्र बोर्डको अध्यक्ष सिफारिस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टको नेतृत्वमा समिति गठन गरेको छ । समितिमा अर्थसचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यका रूपमा भुवन कुमार दाहाल रहेका छन् । प्राप्त आवेदनहरूको अध्ययन, मूल्यांकन र छलफलपछि सिफारिस समितिले तीन उमेदवारको नाम सरकारसमक्ष सिफारिस गर्नेछ । त्यसपछि मन्त्रिपरिषद्ले अन्तिम निर्णय गरी धितोपत्र बोर्डको नयाँ अध्यक्ष नियुक्त गर्ने छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit