Advertisement
Advertisement
Corporate Samachar
३० जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

तेस्रो त्रैमासमा वाणिज्य बैंकहरुको नाफा मध्यम, यी बैंकहरुले नाफा बढ्यो ( सूचीसहित)

तेस्रो त्रैमासमा वाणिज्य बैंकहरुको नाफा मध्यम, यी बैंकहरुले नाफा बढ्यो ( सूचीसहित)
विज्ञापन
Advertisement

काठमाडाैं । नेपालका वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको नौ महिनामा उल्लेख्य नाफा वृद्धि गरेका छन्। २० वाणिज्य बैंकले मिलेर चैत मसान्तसम्म कुल ४९ अर्ब २१ करोड २२ लाख ४० हजार रुपैयाँ नाफा आर्जन गरेका छन्, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.३० प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा बैंकहरूले ४१ अर्ब २५ करोड ११ लाख ३८ हजार रुपैयाँ नाफा कमाएका थिए।

विज्ञापन
Advertisement
Advertisement

यो अवधिमा सबै बैंकको प्रदर्शन समान भने देखिएन। कुल २० मध्ये ६ वटा बैंकको नाफा घट्दा बाँकी १२ वटा बैंकले नाफा वृद्धि गर्न सफल भएका छन्। नाफा घट्ने बैंकहरूमा ग्लोबल आइएमई बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, कृषि विकास बैंक, प्रभु बैंक र एनआईसी एशिया बैंक रहेका छन्।

नाफाको आधारमा नबिल बैंक अग्रस्थानमा रहेको छ। नबिलले ६ अर्ब ७६ करोड ४६ लाख ४६ हजार रुपैयाँ नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ३३.९२ प्रतिशतले बढी हो। दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ, जसले ४ अर्ब ४० करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। त्यसपछि कुमारी बैंकले ४ अर्ब १७ करोड ८० लाख रुपैयाँ नाफा कमाउँदै तेस्रो स्थानमा रहेको छ।

यता, सबैभन्दा कम नाफा कमाउने बैंकको रूपमा एनआईसी एशिया बैंक रहेको छ। बैंकले चैत मसान्तसम्म १४ करोड ३ लाख २४ हजार रुपैयाँ मात्र नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १०.४९ प्रतिशतले कम हो। जेनजी आन्दाेलन र त्यसपछिकाे आर्थिक गतिविधि चलायमान नहुँदाकाे असर वाणिज्य बैंकहरूमा पनि देखिन थालेकाे छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit