Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

शेयर बजारमा यो वर्षकै सबैभन्दा धेरै शेयर कारोबार

शेयर बजारमा यो वर्षकै सबैभन्दा धेरै शेयर कारोबार
विज्ञापन
Advertisement

 काठमाडाैं । साताको सोमबार नेप्से परिसूचक २.८० अंकले बढेर २ हजार ६५८.६६ विन्दुमा आइपुगेको छ । सामान्य अंकले बढेको बजारमा कारोबार रकम भनेको साढे तीनमहिनापछिकै सबैभन्दा ठुलो अंकको कारोबार भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

यो दिन १३ अर्ब १८ करोड रुपैयाँको कारोबार भएको थियो । यसभन्दा अघि गत २०८१ फागुन १९ गते १३ अर्बको कारोबार भएको थियो । याे काराेबार याे वर्षकै सबैभन्दा धेरै काराेबार भएकाे हाे ।  यो दिन सर्वाधिक कारोबार गर्ने कम्पनीमा सानिमा मई हाइड्रो पावर, न्यादी ग्रुपपावर, बुटवल पावर कम्पनी, सिंगटी हाइड्रो इनर्जी, राधि विद्युत कम्पनीको शेयर मूल्य ५४ करोड रुपैयाँदेखि ९५ करोड १६ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।

दिनभर उत्तार चढाब देखिएको यो दिन पियोर इनर्जी र पिपुल्स पावर कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, सोल्टी होटल र सनराइज फस्ट म्यूचुअल फण्डको शेयर मूल्य ६.०७ प्रतिशतदेखि ८.३७ प्रतिशतले बढेको छ । सामान्य अंकले बढेको बजारमा हेवा खोला हाइड्रो पावर, श्री इन्भेष्टमेन्ट फाइनान्स, सिनर्जी पावर डेभलपमेन्टको शेयर मूल्य ४.३५ प्रतिशतदेखि ७.५८ प्रतिशतले घटेको छ ।

यो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये वाणिज्य बैंक, विकास बैंक, होटल, लाइफ इन्स्योेरेन्स, माइक्रो फाइनान्स, निर्जीवन बीमा उपसमूहको सूचक सामान्य अंकले बढ्ना अन्य समूहको सूचक घटेका छन् ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit