Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

सुबिसुद्वारा वाइफाई–६ इन्टरनेट सेवा सार्वजनिक

सुबिसुद्वारा वाइफाई–६ इन्टरनेट सेवा सार्वजनिक
विज्ञापन
Advertisement

काठमाडौं। नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेडले नेपालमै पहिलो पटक वाइफाई–६ प्रविधिमा आधारित नयाँ पुस्ताको इन्टरनेट सेवा सार्वजनिक गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले इन्टरनेट सुरक्षालाई मुख्य सेवाका रूपमा समावेश गरी यो नयाँ अवधारणा ल्याएको जनाएको हो ।
नेपालमा वाइफाई–६ प्रविधि उपलब्ध भए पनि उच्चस्तरको सुरक्षालाई प्राथमिकतामा राखेर सेवा दिने सुबिसु पहिलो भएको कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार गति, स्थिरता र सुरक्षालाई एकैसाथ जोड्दै प्रयोगकर्तालाई सुरक्षित इन्टरनेट अनुभव दिने लक्ष्य राखेर वाइफाई–६ प्रविधिमा आधारित नयाँ पुस्ताको इन्टरनेट सेवा सञ्चालनमा ल्याइएको हो । सुबिसुले सार्वजनिक गरेको यस नयाँ प्रविधि र सेवामा मुख्यतया इन्टरनेटको गति र कभरेजको अवस्थालाई उच्च प्राथमिकतामा राखिएको जनाइएको छ । वाइफाई–६ प्रविधिले प्रयोगकर्तालाई उच्च गतिको इन्टरनेट दिनुका साथै घर वा कार्यालयमा उत्कृष्ट वाइफाइ सिग्नल पुर्‍याउँछ। यसले एकै समयमा धेरै डिभाइसहरू कनेक्ट गर्दा पनि गतिको सन्तुलन कायम राख्छ।

यस्तै, गेमिङ र भिडियो कन्फरेन्सिङका लागि महत्वपूर्ण मानिने ‘लेटेन्सी’ लाई यसले कम गर्छ। साथै, यो प्रविधिले कनेक्टेड डिभाइसहरूको ब्याट्री बचत गर्न समेत मद्दत पुर्‍याउँने कम्पनीले जनाएको छ। प्रयोगकर्तालाई हानिकारक वेबसाइटहरू, सम्भावित साइबर आक्रमण र अनधिकृत पहुँचबाट जोगाउँनाका साथै यसले व्यक्तिगत गोपनीयता र डेटा सुरक्षा सुनिश्चित गर्दै परिवार र व्यवसायका लागि सुरक्षित ब्राउजिङको वातावरण तयार गर्ने कम्पनीले जनाएको छ। ‘डिजिटल युगमा केवल तीव्र इन्टरनेट मात्र पर्याप्त छैन। हामीले ग्राहकलाई तीव्र गतिको मात्र नभई, सुरक्षित इन्टरनेट अनुभव पनि प्रदान गर्ने लक्ष्य राखेका छौं,’सुबिसु लिमिटेडका भाइस प्रेसिडेन्ट राम कृष्ण परियारले भने ।

कम्पनीका अनुसार ग्राहकहरूको आवश्यकता र चाहनालाई ध्यानमा राख्दै सुबिसुले यो सेवालाई तीन फरक प्याकेजमा सेवा उपलब्ध गराउने छ । यस पहलले कम्पनीको नवप्रवर्तन र ग्राहक सुरक्षाप्रतिको प्रतिबद्धतालाई थप बलियो बनाएको उल्लेख छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit