Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

एकैदिन १ खर्ब २० अर्ब रुपैयाँ निक्षेप झिक्दै राष्ट्र बैंक

एकैदिन १ खर्ब २० अर्ब रुपैयाँ निक्षेप झिक्दै राष्ट्र बैंक
विज्ञापन
Advertisement

काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) अत्यधिक भएपछि नेपाल राष्ट्र बैंकले आज ठूलो परिमाणमा बजारबाट तरलता झिक्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्ने तर कर्जा प्रवाह सुस्त हुने क्रम जारी रहेपछि राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले बिहीबार १ खर्ब २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्न लागेको हो ।

विज्ञापन
Advertisement
Advertisement

केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गरी ९७ दिनका  लागि उक्त रकम बोलकबोलमार्फत दिउँसो तीन बजे झिक्न लागेको सूचनामार्फत जनाएको छ । यस रकमको साँवा र ब्याज भुक्तानी आगामी २०८३ साउन २० गते गरिनेछ। ब्याजदर निर्धारण पनि बोलकबोलको माध्यमबाट तय हुनेछ, जसमा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्नेलाई प्राथमिकता दिइने केन्द्रीय बैंकले उल्लेख गरेको छ।

यस प्रकृयामा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। बोल गर्न सकिने रकम न्यूनतम १० करोड र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनुपर्नेछ। राष्ट्र बैंकका अनुसार यो निक्षेपलाई बैंकहरूले अनिवार्य नगद मौज्दातमा गणना गर्न पाउने छैनन्। तर, यसलाई वैधानिक तरलता अनुपात र तरलता अनुपातमा भने गणना गर्न पाइने सुविधा दिइएको छ। साथै, यो रकम अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा समेत प्रयोग गर्न सकिने व्यवस्था सूचनामा उल्लेख छ।

यसअघि बुधबार मात्र बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ संकलन गरेको थियो। यो सँगै दुई दिनमै केनद्रीय बैंकले १ खर्ब ६० अर्ब रुपैयाँ रकम झिक्ने भएको छ । अहिले बैंकहरूमा निक्षेपको थुप्रो लागे पनि निजी क्षेत्रबाट कर्जाको माग न्यून हुँदा अन्तर–बैंक ब्याजदरमा गिरावट आउन नदिन राष्ट्र बैंकले निरन्तर निक्षेप खिचिरहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit