Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

प्रोफेसनल करियरका लागि नेतृत्व विकास सिकाउँदै कभेक्स ग्लोबल

प्रोफेसनल करियरका लागि नेतृत्व विकास सिकाउँदै कभेक्स ग्लोबल
विज्ञापन
Advertisement

काठमाडौं। डिजिटल शिक्षाको बढ्दो मागलाई सम्बोधन गर्दै ‘कभेक्स ग्लोबल’ले अङ्ग्रेजी प्रशिक्षण र व्यक्तित्व विकासको क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरी अगाडी बढाएको छ। परम्परागत व्याकरणमुखी शिक्षण शैलीलाई विस्थापित गर्दै संस्थाले व्यावहारिक अभ्यास र नवीनतम प्रविधिमा आधारित सिकाइ पद्धतिलाई प्राथमिकतासाथ अगाडि बढाएको जनाएको हो।

विज्ञापन
Advertisement
Advertisement

कभेक्स ग्लोबलले विशेषगरी अङ्ग्रेजी बोलचालमा आत्मविश्वास बढाउने लक्ष्यसहित आफ्ना कोर्सहरू डिजाइन गरेको संस्थाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) क्याडस् चौधरीले बताए । यनका अनुसार यहाँ केवल भाषा मात्र सिकाइँदैन, विद्यार्थीलाई त्यसलाई व्यवहारमा उतार्न सक्षम बनाइन्छ। ‘उनले भने, कम्युनिकेशन केवल बोल्ने कला मात्र होइन, यो प्रभाव पार्ने क्षमता हो। हामी त्यही क्षमता र आत्मविश्वास विकासमा केन्द्रित छौँ। ’

स्कुले विद्यार्थीभन्दा बढी कलेज पढ्दै गरेका युवा, व्यवसायी र प्रोफेसनल करियर सुरु गर्न चाहनेहरूले भाषाका साथै व्यक्तित्व विकास, अन्तर्वार्ता तयारी, र नेतृत्व क्षमता अभिवृद्धि गर्न संवाद, प्रस्तुति कला सिक्न सक्नेछन् । पछिल्लो समय अनलाइन माध्यममा ठगीका घटना बढिरहेका बेला कभेक्स ग्लोबलले आफ्नो विश्वसनीयतामाथि प्रश्न नउठ्ने दाबी गरेको छ । सीईओ चौधरीले यसबारे भने, ‘धेरै ठाउँमा सेवाग्राही ठगिएको गुनासो सुनिन्छ, तर हाम्रो प्लेटफर्ममा जोडिएपछि विद्यार्थीले खोजे जस्तै गुणस्तरीय र पारदर्शी सेवा पाउनेछन्।’

अनुभवी र अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षकहरूद्वारा सञ्चालित यी कक्षाहरू औसत शुल्कमा उपलब्ध गराइएको संस्थाले जनाएको छ। बढ्दो प्रतिस्पर्धात्मक वातावरणमा प्रभावकारी रूपमा आफ्नो विचार राख्न चाहने र करियर उन्नति खोज्नेहरूका लागि कभेक्स ग्लोबल एक प्रभावकारी माध्यम बन्दै गएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit