Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

नेशनल लाईफका अभिकर्तालाई नारायणीमा क्रुज सफारी

नेशनल लाईफका अभिकर्तालाई नारायणीमा क्रुज सफारी
विज्ञापन
Advertisement

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ आफ्ना अभिकर्ताहरूका नारायणी क्रुज सफारी गराएको छ ।

विज्ञापन
Advertisement
Advertisement

चितवनको सौराहास्थित होटल सेभेन स्टारमा कम्पनीले कार्यक्रम आयोजना गरेको जनाएको छ । कम्पनीले ‘संस्कृती, सौहार्द र सयरको संगम’ भन्ने नाराका साथ २ रात ३ दिनको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी गराएको जारी विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीले २०८२ सालको फागुन र चैत महिनामा सञ्चालन गरेको मासिक योजना अन्तर्गत निर्धारित लक्ष्य पूरा गर्ने अभिकर्ताहरूलाई यस भ्रमणमा सहभागी गराएको हो। कार्यक्रममा कम्पनीका एजेन्सी विभाग प्रमुख तथा विभिन्न शाखाका प्रमुखहरू समेत गरी ३५४ जनाको उपस्थिति रहेको जनाइएको छ।

नेशनल लाईफ इन्स्योरेन्सले आफ्ना अभिकर्ताहरूको क्षमता अभिवृद्धि र प्रोत्साहनका लागि समय–समयमा यस्ता सिर्जनात्मक कार्यक्रमहरू आयोजना गर्दै आएको छ। यस पटकको चितवन भ्रमणले आन्तरिक पर्यटनमा समेत सकारात्मक टेवा पुर्‍याएको कम्पनीको विश्वास छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit