Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

निजी क्षेत्र अर्थतन्त्रको मुख्य स्तम्भ, उदार नीतिबाट अघि बढ्छौं : अर्थमन्त्री वाग्ले

निजी क्षेत्र अर्थतन्त्रको मुख्य स्तम्भ, उदार नीतिबाट अघि बढ्छौं : अर्थमन्त्री वाग्ले
विज्ञापन
Advertisement

 काठमाडाैं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारणसभामा सम्बोधन गर्दै निजी क्षेत्रलाई अर्थतन्त्रको मुख्य स्तम्भका रूपमा उल्लेख गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

उनले निजी क्षेत्रको भूमिकाबारे छुट्टै व्याख्या गर्न आवश्यक नभएको भन्दै सरकारले यसको महत्व बुझेको बताए। उनले महासंघका अध्यक्ष चन्द्र ढकालले विभिन्न आरोह–अवरोह पार गर्दै संस्थालाई वर्तमान अवस्थासम्म ल्याउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै बधाई व्यक्त गरे। साथै, आगामी अध्यक्ष अन्जन श्रेष्ठलाई सफल कार्यकालको शुभकामना दिए।

अर्थमन्त्री वाग्लेले वर्तमान सरकार स्पष्ट लक्ष्यका साथ अघि बढिरहेको बताउँदै ‘हामी बोलिरहनेभन्दा काम गरेर देखाउने पक्षमा छौं,’ भने।

उनले रास्वपाको घोषणापत्रअनुसार नीतिगत सुधारहरू लागू गरिने र निजी क्षेत्रलाई सहजीकरण गरिने स्पष्ट पारे।

उनका अनुसार विगतमा निजी क्षेत्रमाथि नीतिगत हस्तक्षेप र संस्थागत नियन्त्रणको अवस्था रहेको उल्लेख गर्दै अब त्यस्ता अभ्यासहरू हटाउँदै उदार अर्थनीतितर्फ अघि बढ्ने सरकारको योजना छ। ‘निजी क्षेत्रलाई फिँजाएर उड्न दिने हो,’ उनले भने, ‘व्यवसाय गर्न सहज वातावरण बनाइन्छ।’

सरकारले निजी क्षेत्रलाई अप्ठेरो पार्ने विभिन्न ऐन तथा नीतिहरू खारेज गर्ने काम सुरु गरिसकेको जानकारी दिँदै उनले राजस्वमा असर नपर्ने गरी सुधारहरू अगाडि बढाइने बताए। सरकार र निजी क्षेत्रबीच समझदारी आवश्यक रहेको उनको भनाइ थियो।

अर्थमन्त्रीले अभूतपूर्व जनमत प्राप्त सरकारलाई निजी क्षेत्रले पनि सोही अनुसार साथ दिनुपर्ने उल्लेख गर्दै निजी क्षेत्रको सोचमा पनि परिवर्तन आवश्यक रहेको धारणा राखे।

‘सरकार दौडिरहेको छ, निजी क्षेत्र पनि त्यसैगरी अघि बढ्नुपर्छ,’ उनले भने। उनले इमान्दारीपूर्वक व्यवसाय गर्नेहरूलाई कुनै समस्या नहुने स्पष्ट पार्दै निजी क्षेत्रको आडमा गलत गतिविधि गर्नेहरूलाई सरकारले कडा कारबाही गर्ने चेतावनी दिए।

आगामी बजेट रास्वपाको प्रतिबद्धताअनुसार ल्याइने उल्लेख गर्दै उनले नयाँ क्षेत्रहरूमा लगानीका अवसर खोजिरहेको बताए। साथै, मुलुकमा पूँजीगत खर्च प्रभावकारी रूपमा हुन नसकेको उल्लेख गर्दै निजी क्षेत्रसँग सहकार्य गरेर ठूलो पूँजी निर्माणमा जोड दिने बताए।

‘हामीले छुट्याएको पूँजीगत बजेटसमेत पूर्ण रूपमा खर्च हुन सकेको छैन,’ उनले भने, ‘अब सरकार र निजी क्षेत्र मिलेर ठूला परियोजनामा लगानी गर्नुपर्छ, नेपालीहरूले आफैं गर्न सक्ने कामका लागि विदेशीको भर पर्नु नपरोस्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit