Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

फरवार्ड माइक्रोफाइनान्सले सर्वसाधारणको शेयर हिस्सा ४० प्रतिशत पुर्‍यायो, कर्जा लगानी २२ अर्ब २४ करोड बढी

फरवार्ड माइक्रोफाइनान्सले सर्वसाधारणको शेयर हिस्सा ४० प्रतिशत पुर्‍यायो, कर्जा लगानी २२ अर्ब २४ करोड बढी
विज्ञापन
Advertisement

सुनसरी । फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार (वैशाख २१ गते) सुनसरीको दुहबीस्थित दिनेश स्मृति भवनमा सम्पन्न साधारणसभाले संस्थाको आगामी कार्यदिशा, वित्तीय र पुँजीगत रुपमा विभिन्न निर्णयहरू गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

सभाले वित्तीय संस्थाको हाल कायम रहेको शेयर संरचनामा हेरफेर गर्ने विशेष प्रस्ताव पारित गरेको छ। हाल संस्थापक समूहको ७०% र सर्वसाधारण समूहको ३०%शेयर हिस्सा रहेकोमा, संस्थापक शेयरको १०% विन्दु सर्वसाधारणमा परिवर्तन गर्ने निर्णय गरेको छ। अब संस्थाको नयाँ शेयर संरचना संस्थापक समूह ६०% र सर्वसाधारण समूहको ४०% कायम हुनेछ।

यस्तै, सभाले आगामी कार्यकालका लागि नयाँ सञ्चालक समितिको निर्वाचन सम्पन्न गरेको छ। निर्वाचन अधिकृत प्रेम प्रसाद पोखरेलका अनुसार व्यक्तिगत संस्थापक शेयर समूहबाट भगवती चौधरी, सर्वसाधारण शेयरधनी समूहमा जगत जंग जि.सी र बोधराज नेपाल,
एभरेष्ट बैंकको तर्फबाट विष्णु प्रसाद ज्ञवाली र ग्रामीण महिला उत्सुकता मञ्च (फरवार्ड) को तर्फबाट गोविन्द चौधरी चयन भएका छन् ।

पूर्व मन्त्री एवं संस्थाकी संस्थापक भगवती चौधरीले लघुवित्तमार्फत महिलाहरूको आर्थिक र सामाजिक अवस्थामा आएको परिवर्तन नै संस्थाको सफलता भएको बताइन् । पछिल्लो समय लघुवित्त क्षेत्रमा देखिएका समस्याबारे उनले जनतालाई राज्यले ऋण मिनाह गरिदिन्छ भन्ने भ्रममा नपर्न आग्रह गरिन् । उनले भनिन्, ‘राज्यले कहिल्यै ऋण मिनाहा गर्न सक्दैन, त्यसैले गलत तत्वको पछि नलागी आफ्नो कर्जालाई उत्पादनमूलक क्षेत्रमा मात्र लगानी गर्नुहोस्।’ लघुवित्तको सुधारका लागि सञ्चालक, कर्मचारी र ग्राहक तीनै पक्ष इमानदार हुनुपर्नेमा चौधरीको जोड छ ।

संस्थाका अध्यक्ष केशवराज पौडेलका अनुसार २०८२ पुस मसान्तसम्म संस्थाले कुल लगानी गरेको कर्जा २२ अर्ब २४ करोड १२ लाखभन्दा बढी रहेको छ । हाल १० अर्ब ७३ करोड ६९ लाखभन्दा बढी संस्थाको रकम बचत छ। लघुवित्तमा हाल २ लाख ८४ हजार ५७ परिवार आवद्ध छन् । यस्तै, सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण पारित गरेको छ। साथै, अन्य घ वर्गका लघुवित्त संस्थाहरूसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी अख्तियारी समेत सञ्चालक समितिलाई प्रदान गरेको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit