Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

मधेसमा जनमत पार्टीभित्र विभाजन : समर्थन फिर्ता र यथावत् दाबीबीच अन्योल

मधेसमा जनमत पार्टीभित्र विभाजन : समर्थन फिर्ता र यथावत् दाबीबीच अन्योल
विज्ञापन
Advertisement

जनकपुर । मधेस प्रदेशमा जनमत पार्टीभित्र आन्तरिक विवाद चर्किएको छ । एउटै पार्टीबाट सरकारलाई दिएको समर्थनबारे फरक–फरक दाबी भएपछि प्रदेश राजनीति अन्योलमा परेको छ।

विज्ञापन
Advertisement
Advertisement

सोमबार जनमत पार्टीका सचेतक चन्दन सिंहले १० जना प्रदेश सभा सदस्यहरूको हस्ताक्षरसहित प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाएका थिए। यद्यपि, प्रदेश प्रमुखको कार्यालयले उक्त विषयमा हालसम्म कुनै औपचारिक जानकारी सार्वजनिक गरेको छैन।

तर अर्कोतर्फ, जनमत पार्टीका संसदीय दलका नेता तथा मधेस प्रदेशका अर्थमन्त्री महेश प्रसाद यादवले प्रदेश प्रमुखलाई पत्र लेख्दै सरकारलाई दिइएको समर्थन यथावत् रहेको बताएका छन्। उनले आफू दलको आधिकारिक नेता भएको उल्लेख गर्दै आफ्नो जानकारीबिनाको संसदीय दलको बैठक र त्यहाँ भएका निर्णयहरू मान्य नहुने स्पष्ट पारेका छन्।

यादवले मुख्यमन्त्री कृष्णा प्रसाद यादव नेतृत्वको वर्तमान सरकारलाई जनमत पार्टीको आधिकारिक समर्थन कायम रहेको पनि दाबी गरेका छन्।

मधेस प्रदेशमा जनमत पार्टीबाट एक जना अर्थमन्त्री र एक जना खेलकुद तथा समाज कल्याण मन्त्री सरकारमा सहभागी छन्। तर पार्टीभित्रै मतभेद बढ्दै जाँदा सरकारको स्थायित्वबारे प्रश्न उठ्न थालेको छ।

जनमत पार्टीका कुल १३ प्रदेश सभा सदस्यमध्ये बबिता इशर राउत उपसभामुख पदमा छन् भने पूर्व मुख्यमन्त्री सतिश कुमार सिंहले यसअघि नै राजीनामा दिएर छुट्टै पार्टी गठन गरिसकेका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit