Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

ब्लु क्रस हस्पिटलमा अब शून्य ब्याजदरमा उपचार खर्च किस्ताबन्दी गर्न सकिने

ब्लु क्रस हस्पिटलमा अब शून्य ब्याजदरमा उपचार खर्च किस्ताबन्दी गर्न सकिने
विज्ञापन
Advertisement

काठमाडौं । डिजिटल ईएमआई एग्रिगेसन प्लेटफर्म ‘वन बीएनपीएल’ (ONE BNPL) सञ्चालन गर्दै आएको फिन्तारा सोलुसन्स प्रालि र ब्लु क्रस हस्पिटलबीच क्रेडिट कार्डमार्फत शून्य ब्याजदरमा किस्ताबन्दी भुक्तानी सुविधा उपलब्ध गराउने सम्झौता भएको छ।

विज्ञापन
Advertisement
Advertisement

सम्झौताअनुसार अब ब्लु क्रस हस्पिटलमा उपचार गराउने बिरामीहरूले रु. ५ हजारभन्दा माथिको अस्पताल बिललाई तत्काल, कागजरहित र शून्य ब्याजदरमा मासिक किस्तामा रूपान्तरण गर्न सक्नेछन्। यो सुविधा ‘वन बीएनपीएल’ प्लेटफर्ममार्फत उपलब्ध हुनेछ।

फिन्तारा सोलुसन्सका अनुसार बिरामीहरूले साझेदार बैंकका क्रेडिट कार्ड प्रयोग गरी ३ महिनादेखि १८ महिनासम्मको अवधिमा उपचार खर्च किस्ताबन्दी गर्न सक्नेछन्। सम्पूर्ण प्रक्रिया डिजिटल माध्यमबाट हुने भएकाले अतिरिक्त कागजी प्रक्रिया आवश्यक पर्ने छैन।

कम्पनीले स्वास्थ्य उपचारका आकस्मिक तथा महँगा खर्चका कारण बिरामी आर्थिक दबाबमा नपरून् भन्ने उद्देश्यले यस्तो सुविधा ल्याइएको जनाएको छ।

सम्झौताअनुसार यो सेवा काठमाडौंको त्रिपुरेश्वरस्थित ब्लु क्रस हस्पिटलमा उपलब्ध सबै स्वास्थ्य सेवामा लागू हुनेछ।

‘वन बीएनपीएल’ नेपालको डिजिटल ईएमआई एग्रिगेसन प्लेटफर्म हो। यसमार्फत विभिन्न बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले विभिन्न सेवा तथा वस्तुको खरिदमा ब्याजमुक्त किस्ता सुविधा लिन सक्ने व्यवस्था छ।

हाल यस प्लेटफर्मसँग ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, कुमारी बैंक, सिटिजन्स इन्टरनेसनल बैंक, प्रभु बैंक र एनएमबी बैंक आबद्ध छन्।

फिन्तारा सोलुसन्सका प्रतिनिधि आशिष के. शर्माले स्वास्थ्य उपचारका खर्च प्रायः आकस्मिक र अत्यावश्यक हुने भएकाले बिरामीलाई आर्थिक चिन्ताभन्दा स्वास्थ्यमा ध्यान केन्द्रित गर्न सहयोग पुग्ने बताए।

ब्लु क्रस हस्पिटलकी वित्त तथा प्रशासन निर्देशक सति देवी गौतम सिंहले गुणस्तरीय र किफायती स्वास्थ्य सेवा उपलब्ध गराउने अस्पतालको लक्ष्यलाई यो सहकार्यले थप बल पुर्‍याउने उल्लेख गरिन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit