Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सिक्टाको डुडुवा शाखा नहर बनाउन नयाँ ठेक्का, निर्माण लागत १ अर्ब १२ करोड

सिक्टाको डुडुवा शाखा नहर बनाउन नयाँ ठेक्का, निर्माण लागत १ अर्ब १२ करोड
विज्ञापन
Advertisement

नेपालगन्ज । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको सिक्टा सिँचाइ आयोजनाको डुडुवा शाखा नहर निर्माण कार्यले पछिल्लो समय गति लिएको छ।

विज्ञापन
Advertisement
Advertisement

विगतमा ठेक्का विवाद र ढिलासुस्तीका कारण रोकिएको यो आयोजना अहिले नयाँ ठेक्का सम्झौतामार्फत अघि बढेको हो। हालसम्म आयोजनाको २५ प्रतिशत काम सम्पन्न भएको छ। यो नहर सम्पन्न भएपछि बाँकेको ठूलो कृषि क्षेत्रमा बाह्रैमास सिँचाइ सुविधा पुग्नेछ। आयोजनाका सूचना अधिकारी एवं सिनियर डिभिजनल इन्जिनियर मनोजकुमार साहका अनुसार डुडुवा शाखा नहरको कुल लम्बाइ २३.४ किलोमिटर रहनेछ। यसबाट नेपालगन्ज उपमहानगरपालिका, जानकी गाउँपालिका
, खजुरा गाउँपालिका, डुडुवा गाउँपालिकाका किसान प्रत्यक्ष लाभांवित हुनेछन् ।

यो नहरमार्फत करिब १६ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ पुर्‍याउने लक्ष्य राखिएको छ । १८ क्युमेक्स (१८ हजार लिटर प्रतिसेकेन्ड) पानी मूल नहरबाट डुडुवा शाखामा खसालिने छ। यस आयोजनाको एक महत्वपूर्ण हिस्साका रूपमा नेपालगन्ज–सुर्खेत सडकखण्डमा पर्ने पिप्रहवादेखि राँझासम्म करिब ५ किलोमिटर सुरुङ निर्माण गरिने छ। बस्ती र सडकलाई असर नपर्ने गरी आधुनिक प्रविधि प्रयोग गरेर सुरुङ बनाइने र बाँकी भाग खुला संरचनामा रहने आयोजनाले जनाएको छ ।

सिक्टा सिँचाइ आयोजना जल उपभोक्ता सङ्घका अध्यक्ष शालिकराम डाँगीका अनुसार यो आयोजना सम्पन्न भए यहाँका किसानलाई तीन बालीसम्म खेती गर्न सहज हुनेछ । उनले भने, ‘अहिले धेरै किसान वर्षाको भरमा मात्र खेती गरिरहेका छन् । नहर बनेपछि हिउँदमा पनि खेत बाँझो रहने छैन, किसानले व्यावसायिक तरकारी खेती र वर्षमा तीन बाली सम्म लगाउन सक्नेछन् ।’

रामेछाप शेर्पा कन्स्ट्रक्सन प्रालिले ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको छ ।कम्पनीले एक अर्ब १२ करोड रुपैयाँमा ठेक्का लिएर हाल नहर निर्माण कार्यलाई तीव्रता दिइरहेको आयोजनाले जनाएको छ । आयोजनाका सूचना अधिकारी मनोज कुमार साहले कम्पनीले समयमै निर्माण कार्य सम्पन्न गर्ने गरी कामलाई गति दिएको बताए । ‘सिक्टा सिँचाइ आयोजना अन्तरगत डुडुवा शाखा नहर निर्माण सम्पन्न भएपछि बाँकेको ठूलो कृषि क्षेत्र बाह्रैमास सिँचाइ सुविधामा जोडिनेछ, जसले किसानको उत्पादन र आम्दानी दुवै बढाउनेछ ।’

समयमै आयोजना सम्पन्न भई सिँचाइको पहुँच विस्तार भए बाँके जिल्लाको उत्पादकत्व बढ्ने अपेक्षा गरिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit