Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

तीन जिल्लामा बाढीले भत्काएका सडकको विकल्पमा चार मार्ग तयार, सहज बन्दै गल्छी–त्रिशूली, नुवाकोट–रसुवा आवतजावत

तीन जिल्लामा बाढीले भत्काएका सडकको विकल्पमा चार मार्ग तयार, सहज बन्दै गल्छी–त्रिशूली, नुवाकोट–रसुवा आवतजावत
विज्ञापन
Advertisement

काठमाडौं । त्रिशूली नदीमा आएको भीषण बाढीका कारण गल्छी–त्रिशूली राजमार्ग तथा त्रिशूली नदीका विभिन्न पुलमा क्षति पुगेपछि अवरुद्ध यातायात सञ्चालन गर्न चार वटा वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ।

विज्ञापन
Advertisement
Advertisement

पूर्वाधार विकास मन्त्रालयका अनुसार सडक डिभिजन नुवाकोटले रसुवा, नुवाकोट र धादिङमा वैकल्पिक सडक निर्माण, मर्मत तथा स्तरोन्नति गरी बिहीबारसम्म चार वटा मार्ग सञ्चालनमा ल्याएको हो।

१.पृथ्वी राजमार्ग–धादिङबेँसी वैकल्पिक मार्ग (१५ किमि)
मन्त्रालयका अनुसार, मास्टारबाट त्रिशूली पुल पार गरी केउरिनीटार, बेलिनटार, आदमटार, पिपलटार, गजुरीटार, नेपालटार र परेवाटार हुँदै धादिङबेँसीसम्म सडक सञ्चालनमा ल्याइएको छ। यसबाट धादिङको गल्छी र सिद्धलेक क्षेत्र लाभान्वित भएका छन्।

२. त्रिशूली पार क्षेत्र जोड्ने वैकल्पिक मार्ग (४० किमि)
गल्छी–त्रिशूली राजमार्गअन्तर्गत त्रिशूली पुल पारिको क्षेत्रलाई जोड्न नदीको दायाँ किनार हुँदै कल्लेरीटार, कोशीखोला, पिमलटार, दर्शनटार, छत्रेखोला, गौरीबेँसी हुँदै त्रिशूली बजार र किस्पाङ गाउँपालिकाको सीमासम्म यातायात सञ्चालन गरिएको छ। यसबाट धादिङको सिद्धलेक तथा नुवाकोटका तारकेश्वर, विदुर र मेघाङ क्षेत्र जोडिएका छन्।

३. देवीघाट–तादीखोला पुलको वैकल्पिक मार्ग (३५ किमि)
देवीघाटस्थित क्षतिग्रस्त तादीखोला पुलको विकल्पका रूपमा पिपलटार–धमले–निरञ्जना–बाघखोर–हर्रे–देउराली–कोल्पुटार सडकमार्फत चारपाङ्ग्रे सवारी सञ्चालनमा ल्याइएको छ। यसले नुवाकोटको विदुर र बेलकोटगढी क्षेत्रलाई जोडेको छ।

४. रसुवा आवतजावतका लागि वैकल्पिक मार्ग (१२ किमि)
त्रिशूलीदेखि बेत्रावतीसम्मको राजमार्ग क्षतिग्रस्त भएपछि रसुवासम्म यातायात पहुँच कायम गर्न ढिकुरे हुँदै फेदी, बेँसीचोक, हिरामुनीटार, चोगते, बोरेभञ्ज्याङ, सानोखोला, धनस्वारा, भोर्ले, जिबजिबे र बोगटीटारसम्मको नुवाकोट खण्ड सञ्चालनयोग्य बनाइएको छ। रसुवा खण्डमा भने मर्मत कार्य जारी रहेको मन्त्रालयले जनाएको छ।

सडक डिभिजन नुवाकोटले आपत्कालीन अवस्थामा विभिन्न उपकरण परिचालन गरी सडक खुलाउने, पहिरो हटाउने, कल्भर्ट निर्माण गर्ने, सडक सतह सुधार गर्ने तथा ग्राभेल राख्ने कामलाई निरन्तरता दिएको जनाएको छ। मन्त्रालयका अनुसार बाढीबाट क्षतिग्रस्त मुख्य सडक तथा पुलको मर्मत र पुनःनिर्माणसँगै वैकल्पिक मार्गलाई थप व्यवस्थित बनाउने काम पनि जारी छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit