Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

शिवम् सिमेन्टको नाफामा उल्लेख्य वृद्धि, अन्य सूचक कस्ता ?

शिवम् सिमेन्टको नाफामा उल्लेख्य वृद्धि, अन्य सूचक कस्ता ?
विज्ञापन
Advertisement

काठमाडौं । शिवम् सिमेन्टको चालु आर्थिक वर्षको ६ माहिनामा खुद नाफा ५२८.५२ प्रतिशतले बढेको छ । गत वर्षको समीक्षा अवधिमा कम्पनीले ५ करोड ६८ लाख १० हजार रुपैयाँ खुद नाफा आर्जन गरेकोमा चालु आवमा ३५ करोड ७० लाख ६४ हजार रुपैयाँ पुगेको हो।

विज्ञापन
Advertisement
Advertisement

यस्तै, चालु आवको ६ महिनामा कम्पनीको सञ्चालन आम्दानी ३ अर्ब ९ करोड ८२ लाख ८६ हजार रुपैयाँ रहेको छ। गत वर्षको सोही अवधिमा सञ्चालन आम्दानी ३ अर्ब १० करोड १६ लाख ९६ हजार रुपैयाँ भएको थियो । कम्पनीले कुल ६५ करोड ४४ लाख ८६ हजार रुपैयाँ नाफा आर्जन गरेको जनाएको छ । गत वर्षको सोही अवधिमा कुल नाफा ४० करोड १ लाख ८६ हजार रुपैयाँ रहेको थियो ।

यसैगरी, कम्पनीले ६ महिनाभित्र २ अर्ब ४४ करोड ३७ लाख ९९ हजार रुपैयाँ बराबरको बिक्री लागत व्यहोरेको छ । साथै, १२ करोड ११ लाख ४ हजार रुपैयाँ प्रशासनिक खर्च हुँद २२ करोड ७८ लाख ५८ हजार रुपैयाँ बिक्री तथा वितरण खर्च गरेको कम्पनीले जनाएको छ। यस अवधिमा कुल खर्च ३५ करोड ६६ लाख १४ हजार रुपैयाँ पुगेको छ। कम्पनीले करअघि गरेको नाफा ४० करोड ६१ लाख २ हजार रुपैयाँ हो।

५ अर्ब ५९ करोड ३२ लाख २८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब ५३ करोड ९८ लाख ७६ हजार रुपैयाँ सञ्चित रहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit