Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड डेभेलपमेन्ट बैंक २०२६’ अवार्ड

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड डेभेलपमेन्ट बैंक २०२६’ अवार्ड
विज्ञापन
Advertisement

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड लाई ‘बेस्ट म्यानेज्ड डेभेलपमेन्ट बैंक २०२६’ अवार्ड प्रदान गरिएको छ।

विज्ञापन
Advertisement
Advertisement

न्यु विजनेश एजद्वारा २५ वैशाख २०८३ मा काठमाडौंमा आयोजित ‘न्यूबिज कन्क्लेभ एण्ड बिजनेस एक्सिलेन्स अवार्ड्स’को दशौं संस्करणमा बैंक उक्त अवार्डबाट सम्मानित भएको हो।

अवार्ड वितरण समारोह माननीय अर्थमन्त्री स्वर्णिम वाग्ले को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा आयोजक संस्थाले गरिमा विकास बैंकलाई उक्त सम्मान हस्तान्तरण गरेको जनाएको छ।

बैंकका अनुसार यस सम्मानले ग्राहकलाई सरल, सुरक्षित, गुणस्तरीय तथा प्रविधिमैत्री सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई थप ऊर्जा दिएको छ। बैंकले ग्राहक, शेयरधनी, कर्मचारी, नियमनकारी निकाय तथा शुभेच्छुकप्रति कृतज्ञता व्यक्त गरेको छ।
यसअघि पनि गरिमा विकास बैंक विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय सम्मानबाट पुरस्कृत भइसकेको छ।

बैंकले भारतीय चेम्बर अफ कमर्शद्वारा २९ अगस्ट २०२५ मा आयोजित ‘इमर्जिङ एसिया बैंकिङ अवार्ड’ अन्तर्गत विभिन्न विधामा सम्मान प्राप्त गरेको जनाएको छ। साथै, कर्पाेरेट क्लव नेपालले२५ फेब्रुअरी २०२५ मा आयोजना गरेको अवार्ड समारोहमा पनि बैंक सम्मानित भएको थियो।

हाल गरिमा विकास बैंक लिमिटेड ले देशभर १२६ शाखा कार्यालय, ५१ एटीएम तथा डिजिटल बैंकिङ सेवामार्फत करिब ९ लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit