काठमाडौं। चालु आर्थिक वर्षको पहिलो नौ महिनामा नेपालबाट एक खर्ब ६५ अर्ब बढी रकम विदेशिएको छ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको पछिल्लो वित्तीय विवरणअनुसार २०८२ साउन १ गतेदेखि चैत मसान्तसम्मको अवधिमा विदेश जाने नेपालीबाट एक खर्ब ६५ अर्ब ३६ करोड रकम बाहिरिएको हो । चालु आर्थिक वर्षको पहिलो नौ महिनामा विदेश पढ्न जाने विद्यार्थीले मात्र एक खर्ब १२ अर्ब ८४ करोड रुपैयाँ साथमा लगेका छन् । तर, अघिल्लो आर्थिक वर्षको समीक्षामा यो आवमा बाहिरिएको रकम २.६ प्रतिशतले कम हो।
अघिल्लो आवको यही अवधिमा नेपालीहरू विदेश जाँदा एक खर्ब ६९ अर्ब ८४ करोड रुपैयाँ देशबाट बाहिरिएको थियो, जसमध्ये विद्यार्थीले मात्र एक खर्ब ३ अर्ब ७९ करोड रुपैयाँ लगेका थिए । राष्ट्र बैंकको अनुसार नेपाल घुम्न आउने पर्यटकले नेपालमा गर्ने खर्च पनि अघिल्लो आर्थिक वर्षको तुलनामा ३.८ प्रतिशतले घटेको छ ।
पछिल्लो नौ महिनामा नेपाल घुम्न आउने पर्यटकले ६४ अर्ब १० करोड रुपैयाँ खर्च गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च ६६ अर्ब ६६ करोड रुपैयाँ रहेको थियो ।

















प्रतिक्रिया दिनुहोस्