Advertisement
Advertisement
Corporate Samachar
१४ असार २०८३, आईतवार
Advertisement

फिफा विश्वकप अब हिमालय स्पोर्ट्स र डीगो एपमा हेर्न सकिने

फिफा विश्वकप अब हिमालय स्पोर्ट्स र डीगो एपमा हेर्न सकिने
विज्ञापन
Advertisement

काठमाडौं। विश्व फुटबलको महाकुम्भ ‘फिफा विश्वकप २०२६’ अबको एक महिनापछि सुरु हुँदैछ। नेपालका लागि यस पटकको विश्वकप प्रसारणको विशेष अधिकार हिमालय स्पोर्ट्स र डी गो एपले प्राप्त गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

हालै काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच नेपालमा विश्वकप प्रसारणसम्बन्धी औपचारिक घोषणा गरिएको हो। एसप्रो मिडियाले टेलिभिजनतर्फ हिमालय टेलिभिजन नेटवर्कको नयाँ च्यानल ‘हिमालय स्पोर्ट्स’ र डिजिटलतर्फ ‘डी गो’ एपसँग सम्झौता गरेको छ।

यो सँगै नेपाली दर्शकले यस पटक विश्वकपका सबै खेलहरू यी दुई माध्यमबाट मात्र हेर्न पाउनेछन् ।
विश्वकपका सबै १०४ खेलहरू हेर्नका लागि दर्शकले निश्चित शुल्क तिर्नुपर्नेछ। टेलिभिजनमा हेर्न चाहनेले ९९९ रुपैयाँ र प्रति सेटअप बक्स डीगो एपमा ७९९ तथा मात्रमोबाइल मात्र खेल हेर्न चाहनेले ५४९ रुपैयाँ तिर्नुपर्नेछ । ग्राहकले सेवा प्रयोगका लागि आफ्नो नजिकैको केबल अपरेटर वा टेलिभिजन सेवा प्रदायकसँग सम्पर्क गरी हिमालय स्पोर्ट्स च्यानल सब्सक्राइब गर्नुपर्नेछ।

यस पटकको विश्वकप अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना हुँदैछ, जसमा ४८ टोलीहरूले प्रतिस्पर्धा गर्दैछन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit